मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २४–

१२ वर्षपछि निर्देशनमा फर्किएका निर्देशक शम्भु प्रधानद्वारा निर्देशित फिल्म ‘रंग बैजनी’ मा समावेश प्रेम गीत सार्वजनिक भएको छ । गीतमा अभिनेत्री सुमिना घिमिरे र नव नायक दिक्पाल कार्कीको रोमान्सलाई देख्न सकिन्छ ।

rang-baijani

‘ओठले छोइ’ बोलको गीतमा दीप प्रधानको संगीत तथा स्वर छ । मंसिर १९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रंग बैजनी’ मा अभिनेत्री गरिमा पन्तको पनि मुख्य भूमिका छ । भने कथा नुतन प्रधानको छ । फिल्मले त्रिकोणात्मक प्रेम कथा बताउँनेछ ।

‘रंग बैजनी’ मा समावेश अन्य गीतहरु सार्वजनिक भैसकेका छन् । निर्देशक प्रधानको कमब्याक फिल्म भएकाले पनि यो दर्शकमाझ प्रतिक्षित बनेको छ ।

Watch Here Song :-

For More videos Log on to Mazzako TV