मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २४–

हेमराज विसी निर्देशित प्रतिक्षित नेपाली फिल्म ‘जेरी’ सेन्सर पास भएको छ । सोमबार बिहान भएको सेन्सरमा जेरीलाई सेन्सर वोर्डले युनिभर्सल प्रमाण पत्र उपलब्ध गराएको हो ।

Anmol-and-Ann

सेन्सरमा फिल्म हेर्न बसेका सदस्यको प्रतिक्रियाबाट निर्माता मनोज शेरचन दंग भएका छन् । पहिलो पटक फिल्म निर्माणमा हात हालेका उनले आफ्नो फिल्मलाई दर्शकले पनि मन पराउने अपेक्षा राखे । सुपरहिट फिल्म ‘होस्टेल’ का निर्देशक समेत रहेका हेमराजको जेरीमा अनमोल केसीको मुख्य भुमिका रहेको छ । अनमोलसंगै एना शर्मा, अभिषेकमान शेरचन, अमालिया शर्मा, रचना गुरुङ शर्माको मुख्य भूमिका रहेको फिल्मले किशोर प्रेमकथा चित्रण गर्छ ।

युवा दर्शकमाझ रुचाइने अपेक्षा गरिएको ‘जेरी’ आउने शुक्रवार अर्थात कार्तिक २८ देखि देशव्यापी प्रदशर्नमा आउँदैछ ।

For More videos Log on to Mazzako TV