मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २३–

नेपालकै कान्छी कलाकार भनिएकी एनी भट्टराईद्वारा अभिनित एक चेतनामुलक लघु चलचित्रको आज राजधानीमा विशेष शो गरिएको छ ।

ani-bhatarai

ग्रामिण क्षेत्रका बालबालिकाहरुको कथामा आधारित ‘द स्ट्रेन्ज चाइल्ड अफ रुलर भिलेज’ नामक चलचित्रको विशेष शो गरिएको हो । जँहा नेतादेखि चलचित्रकर्मी र पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

विशेष शोमा वरिष्ठ चलचित्रकर्मी यादव खरेल, एमालेका युवा नेता योगश भट्टराई लगायतको सहभागिता रहेको थिए । सहभागिहरुले यस्तो विषयमा चलचित्र बन्नु नै सकरात्मक पक्ष रहेको बताएका थिए । कार्यक्रममा कान्छी कलाकार एनीलाई सम्मान पनि गरिएको थियो । ‘उदाहरण’ चलचित्रबाट डेब्यु भएकी एनीको यो दोश्रो चलचित्र हो ।

saman

एनीका अलावा चलचित्रमा निलम भट्टराई, कुशुम गुरुङ, ज्ञानबहादुर शाही, राजकुमार सुवेदी लगायतको पनि भुमिका रहेको छ । अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा सहभागिता जनाउनका लागि तयार गरिएको यस चलचित्रको छायांकन काठमाडौंमा भएको हो । चलचित्रलाई ठूलो पर्दामा देखाउने तयारी पनि भइरहेको बताइएको छ ।

आरुसी भट्टराईको निर्माण रहेको यस चलचित्रलाई सन्तोष ढकालले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV