मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २३–

रंग पत्रकार लक्ष्मण सुवेदीद्वारा निर्देशित चलचित्र ‘एउटा साथी’ को आज राजधानीमा विशेष शो सम्पन्न भएको छ । दर्जन बढी पत्रकार र चलचित्रकर्मीले उक्त शोमा चलचित्र हेरे ।

DSC_1422

कलेज लाइफका विद्यार्थीहरुको प्रेम, मित्रता, विछोड र खुशीलाई समावेश गरेर बनाइएको यस चलचित्रलाई पत्रकारहरुले ‘रोमान्टि चलचित्र’ भनेर प्रतिक्रिया दिए । ‘एउटा साथी’ हेर्न निर्देशक आकाश अधिकारी, योगेश घिमिरे, निर्माता एवं अभिनेता सुवास थापा, गजित विष्ट, निर्माता सुवास गिरी लगायत सिटिम्याक्स हलमा उपस्थित थिए । उनीहरुले पनि फिल्मको कमेडी पक्ष उत्कृष्ट्र रहेको प्रतिक्रिया दिए ।

यस चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, जोन तामाङ, अनु शाह र शिशिर भण्डारी लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । आवाजको दुनियाँको साथी निर्देशक दिनेश डिसी पनि ‘एउटा साथी’ मा कार्यक्रम प्रस्तोताकै रुपमा प्रस्तुत भएका छन् । आज आयोजित विशेष शोमा भने रिस्ता र जोन मात्र सहभागी थिए ।

DSC_1402

कार्तिक २१ बाट झण्डै ३ दर्जन हलमा देशभर प्रदशर्न भइरहेको ‘एउटा साथी’ ले राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षले दाबी गरेको छ । ‘हलको संख्या पनि बढ्ने जानकारी आएको छ’, निर्देशक सुवेदीले भने ।

राम खनालको लगानी रहेको यस चलचित्रमा राजेन्द्र खड्गीको एक्सन, टंक बुढाथोकीको संगीत, गणेश कुमार श्रेष्ठको छायांकन छ ।

DSC_1383

DSC_1377

For More videos Log on to Mazzako TV