काठमाण्डौ, कार्तिक २१–

स्वर्गिय निर्देशक आलोक नेम्वाङद्वारा निर्देशित अन्तिम चलचित्र ‘अझै पनि’ मा समावेश ‘के कुरा कसले तिमीलाई सुनायो’ बोलको गीत सार्वजनिक भएको छ । उनी प्रति श्रदान्जली अर्पण गर्दै ‘अझै पनि’ युनिटले उक्त गीत सार्वजनिक गरेको हो ।

alok nembang

विजय सिवाकोटीको शब्द रहेको उक्त गीत  स्वं. आलोकलाई सबैभन्दा मनपर्ने गीत रहेको बताइएको छ । स्याड भर्सनको सार्वजनिक गीतमा अभिनेता सुर्दशन थापा मुख्य फिचर छन् । सार्वजनिक गीतका रचनाकार विजय सिवाकोटी हुन भने संगीतकार सचिन सिंह र स्वर राजु तामाङको हो ।

गाउँले परिवेशमा निर्माण भएको फिल्म ‘अझै पनि’ मा सुदर्शनसँगै पूजा शर्माको मुख्य भूमिका छ । सुदर्शन थापा प्रोडक्सन र पुनम इन्टरनेटमेन्टको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘अझै पनि’ को सम्पूर्ण पोष्ट प्रोडक्सनको कार्य बाँकी छ । निर्माता एवं अभिनेता थापाले बाँकी फिल्मको काम आफैंले पूरा गर्ने बताए । फिल्म आउँदो फाल्गुन १५ देखि प्रर्दशन हुँदैछ ।

‘सानो संसार’, ‘कोही मेरो’ र ‘अझै पनि’ गरी तीन नेपाली फिल्म र ७ सय बढी म्युजिक भिडियोका निर्देशक नेम्वाङले    गत बिहिबार साँझको समयमा उनी बस्दै आएको धापासीस्थित ग्रान्डी अपार्टमेन्टमा गलपासो लगाएर आत्महत्या गरेका थिए । उनको निधनले सिंगो नेपाली सिने नगरी अहिले शोकमग्न अवस्थामा रहेको छ ।

Watch Video Here :-

For More videos Log on to Mazzako TV