मज्जाको अनलाईन समाचार, काठमाण्डु, कार्तिक २१–

अभिनयको क्षेत्रमा चर्चा कमाइरहेकी नायिका प्रियंका कार्की अब सांगितिक क्षेत्रमा पनि जम्ने भएकी छिन् । चलचित्र ‘आवरण’ को टाइटल गीत गाएपछि प्रशंसा बटुलेकी प्रियंकाले अब एउटा सोलो एल्बम निकाल्ने भएकी हुन् ।

priyanka-final

हालसम्म नाम नजुराइएको उक्त एल्बममा ८ वटा गीत रहने उनले बताएकी छिन् । प्रियंकाले आगामी साता ‘स्वतन्त्र’ बोलको गीत रेन्ज स्टुडियोमा रेकर्ड गराउँदैछिन् । जसमा शब्द र संगीत शैलेश श्रेष्ठ र शैलेन्द्र सिंहको रहनेछ ।

अभिनय सगसंगै अब गायनमा किन भन्ने प्रश्नमा प्रियंकाले भनिन्– ‘म सानैदेखि संगीतप्रति आकर्षित हुन्थे र सिकेको पनि  हुँ, सबैले मलाई राम्रो गाउँछौ पनि भन्नुहुन्थ्यो । आवरणमा मैले गाएको गीत सबैले मनपराएपछि गर्न सक्छु भन्ने लागेर एल्बम निकाल्ने सुर गरेकी हुँ । ’

आफ्ना हरेक इच्छालाई मेहनत र इमान्दारीताका साथ पुरा गर्नुपर्छ भन्नेमा विश्वास राख्ने प्रियंकाले आफ्नो एल्बमको अडियो मात्र बजारमा नल्याउने पनि बताएकी छिन् । ‘आठ वटै गीतको भिडियो बनाएर भिडियो एल्बम नै बजारमा ल्याउँछु’, प्रियंकाले आफ्नो योजना बारे सुनाइन् ।

For More videos Log on to Mazzako TV