‘तथास्तु’ मा रेखाको दमदार रोल, पोष्टर हेर्दा थर्किने भो टोल–टोल !
मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २१–
‘हिम्मतवाली’ रेखा थापाद्वारा अभिनित चलचित्र ‘तथास्तु’ को केही पोस्टर्स आज सार्वजनिक भएका छन् । सार्वजनिक एक पोष्टरमा रेखालाई पेस्तोल ताक्दै गरेको अवस्थामा देखाइएको छ ।
सविर श्रेष्ठको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘तथास्तु’ मा रेखासँगै किशोर खतिवडा, सुवास थापा र विज्ञन जोशीको पनि मुख्य भूमिका छ । आज सार्वजनिक पोस्टरमा यी चारै जना कलाकारलाइ पनि देखाइएको छ ।
नेपाली दर्शकमाझ ‘स्टन्ट हिरोइन’ को रुपमा चिनिएकी रेखालाई यस चलचित्रमा पनि दमदार रोलमा प्रस्तुत गरेको निर्देशक श्रेष्ठले बताए । यसअघि सविरले रेखालाई लिएर निर्देशन गरेको चलचित्र ‘कसले चोर्यो मेरो मन’ व्यवसायिक रुपमा सफल भएको थियो ।
बसन्त सापकोटाको संगीत, बाबु श्रेष्ठको छायांकन र जगदिश्वर थापाको संवाद एवं पटकथा रहेको यस फिल्ममा रोशन श्रेष्ठको द्वन्द निर्देशन रहेको छ । माघे संघ्रान्तीको छेको पारेर पौष २५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको यस चलचित्र अहिले दर्शकसामु प्रतिक्षित बनेको छ ।
चलचित्रको एउटा गीत ‘कहिले माया स्याड फेस, कहिले माया ब्याड फेस’ अहिले चर्चामा छ । रेखा र किशोरलाई फिचरिङ गरिएको यस गीतलाई हेर्न तलको लिंक क्लिक गर्नुहोस् :-
For More videos Log on to Mazzako TV