मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २२–

आफ्नौ ३४ औं जन्मिदिनको अवसर पारेर निर्माता गोविन्द शाहीले आज चलचित्र ‘आभाष’ को रिलिज मिती र क्यारेक्टर पोष्टर सार्वजनिक गरेका छन् ।

Aavas 2

सुरेन्द्र पौडेलद्वारा निर्देशित यस फिल्म आगामी पौष २५ गतेबाट देशव्यापी रिलिज हुने वितरक समेत रहेका शाहीले घोषणा गरेका हुन् । ‘यो मिति नेपाली पर्व माघे सक्रान्तिको झन्डै एक साताअघि पर्छ’, निर्माता शाहीले भने– ‘त्यसैले यसको प्रभाव सिनेमाको व्यापारमा पनि पर्ने अपेक्षा राखेका छौँ । ’

जन्मदिनको अवसर पारेर जारी उक्त क्यारेक्टर पोस्टरमा संयम पुरी र निशा अधिकारी फिचरिङ छन् । यी दुबैजनाले फिल्मभित्र स्क्रिन सेयर गरेका छन् । सलोन बस्नेत, आस्मा डीसी र सुनिल रावलको मुख्य भूमिका फिल्ममा छ ।

aavas

टीनएज लभस्टोरी ड्रामालाई तन्नेरी दर्शकले रुचाउने विश्वास निर्देशक पौडेलले लिए । केही बलिउड सिनेमा र झन्डै ८ नेपाली फिल्ममा सम्पादनको अनुभव बटुलेका डेब्यु निर्देशक पौडेलले अन्य टीनएज लभस्टोरीभन्दा आभाषलाई भिन्न रुपमा व्याख्या गरे ।

शाही, पवन श्रेष्ठ र दीपक शाही निर्मित फिल्ममा सुजेन्द्र डी कार्की, छेतेन गुरुङ, प्रकाश नेपाली र निर्देशक पौडेलको संगीत तथा सम्पादन छ । पुरुषोत्तम प्रधानको क्यामेरा, गम्भिर विष्टको नृत्य, चन्द्र पन्तको द्वन्द रहेको यस चलचित्र अहिले नेपाली दर्शकमाझ प्रतिक्षित बनेको छ ।

For More videos Log on to Mazzako TV