काठमाण्डौ, कार्तिक २१–

‘एकछिन त पर्खेको भए हुन्थ्यो नि’, निर्देशक आलोक नेम्वाङको पार्थिव शरीरमा अन्तिम पटक श्रद्धान्जली दिने बेलामा मोडल निराजन प्रधान आँखाभरी आँसु पारेर भन्दैथिए । हिजो साँझ आफ्नै निवासस्थित बाथरुमको छेउमा झुण्डिएको अवस्थामा फेला परेका नेम्वाङलाई पहिलोपटक निराजनले नै देखेका थिए ।

alok-7

निराजनले पाँच बजेतिर आफु आउदैछु भनेर आलोकलाई फोन गरेका थिए । तर त्यसको केही बेरपछि फोन नउठेकाले उनी आलोक बस्ने निवासमा पुग्दा उनलाई झुण्डिएको अवस्थामा देखेका थिए । निराजन मात्र होइन आज सम्पुर्ण चलचित्रकर्मीहरुको आँखा रसाएको देखियो । टिचिङ अस्पतालमा पोष्टमार्टम गरेपछि अन्तिम श्रद्धान्जलीका लागी प्रज्ञा प्रतिष्ठानमा राखिएको निर्देशक नेम्वाङको पशुपती आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका काका देवकुमार नेम्वाङले नेम्वाङको पार्थिव शरीरमा दागवत्ति दिएका हुन् ।

alok-antesti

निर्देशक नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि कमलादिस्थित प्रज्ञा प्रतिष्ठान भवनमा झन्डै दुई घण्टा जसो राखिएको थियो । सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल र सभामुख सुवास नेम्वाङले आलोकको पार्थिव शरीरलाई श्रदाञ्जली दिएका थिए । आलोकलाई श्रद्धाञ्जली दिन उनकी वृद्ध आमा, आफन्त, कलाकार, निर्माता, निर्देशक, प्राविधिक र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको प्रज्ञा प्रतिष्ठान भवनमा भिड लागेको थियो । श्रद्धाञ्जली दिने सहभागीका आँखाबाट आँसु रोकिएनन् । विशेष गरी नायिकाहरुको आँखा रसाएको देखिन्थ्यिो । प्रज्ञाको भिड पशुपतीसम्म पुगेको थियो ।

alok-6

झुन्डिएको अवस्थामा मृत फेला परेका निर्देशक आलोक नेम्वाङको साथबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ। सानो चिटमा उनले परिवारिक र आफन्तलाई खुशी दिन नसकेको चरम निरासा पोखेका छन् । उनले सुसाइड नोटमा आफ्नो जीवनका समस्या बारे कसैलाई पनि दोष दिएका छैनन् । ‘हरेक दिन मरी–मरी बाँच्नु भन्दा एक दिन बाँचेर मर्न चाहन्छुु’ , नेम्वाङले कसैलाई सम्बोधन नगरी लेखेका थिए ।

priyanka-and-nisha-crying

घटनास्थलको प्रकृति र पोष्टमार्टमको रिपोर्ट हेरिसकेपछि अनुसन्धानमा संलग्न प्रहरी टोली नेम्वाङले आत्महत्या गरेको भन्नेमा विश्वस्त भएको छ। अहिलेसम्मको प्रकृति हेर्दा आत्महत्या बाहेक अरु केही शंका गर्नु पर्ने नदेखिएको प्रहरीको निष्कर्ष छ।  (शब्द /तस्विर– अनिल यादव)

minendra-rijal

alok nembang

alok-3

alok-and-keki

alok-and-namrata

alok-and-sunil-rawal alok-nembang-2

alok-nembang-4

alok-nembang-and-subas-nembang

alok-nembang-and-deepa-shree

alok-nembang-and-susma-karki

For More videos Log on to Mazzako TV