काठमाण्डौ, कार्तिक २१–

हिजो राती झुण्डिएको अवस्थामा फेला परेका चर्चित फिल्म तथा म्यूजिक भिडियो निर्देशक आलोक नेम्वाङको शव अहिले टिचिङ अस्पताल महाराजगञ्जमा पोष्टमार्टमका लागी राखिएको छ । एक घण्टाभित्रमा पोष्टमार्टम गरिसकिने बताइएको छ ।

mazako dead body alok

पोष्टमार्टमपछि पत्रकार सम्मेलन गरेर घटनाको विषयमा जानकारी दिने तयारी भइरहेको श्रोतले जनाएको छ । नेम्वाङको शव हिजो राति ८ वजे धापासीस्थित आफ्नै अपार्टमेन्टको बाथरुम छेउको रेलिंगमा  झुण्डिएको अवस्थामा फेला परेको थियो ।

नेम्वाङले आत्महत्या गर्न अघि एक सुसाइड नोट छाडेको रहस्य खुलेको छ । प्रहरीले यसको विषयमा थप जानकारी नगराए पनि उक्त सुसाइड नोटमा ‘पलपल बाँचेर मर्नुभन्दा बरु एकैपटक मर्नु आनन्द’ भन्ने वाक्य लेखिएको कुरा श्रोतवाट खुल्न आएको छ ।

dead body for mazako

‘सानो संसार’, ‘कोही मेरो’ जस्तो चर्चित फिल्मको निर्देशन गरिसकेका नेम्वाङको ‘अझै पनि’ चलचित्र यही फागुन १५ गते रिलिज हुने तयारीमा थियो । अहिले सम्म अविवाहित रहेका नेम्बाङले दर्जनौं म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । निर्देशक नेम्वाङको यो दुखद खबरले अहिले सिंगो सिने नगरी शोकमय बनेको छ ।

For More videos Log on to Mazzako TV