मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २१–

यो शुक्रवार तीनवटा नेपाली चलचित्र रिलिज हुँदैछन् । ‘एउटा साथी’‘सरी ल’ आजबाट देशभर प्रदशर्नमा आउँदैछन् भने काठमाण्डौमा गत सातादेखि प्रदशर्नमा आएको ‘टलकजंगभ भर्सेस टुल्के’ आजदेखि राजधानी बाहिरका हलहरुमा लाग्दैछ ।

friday release

रंग पत्रकार लक्ष्मण सुवेदीद्वारा निर्देशित ‘एउटा साथी’ लाई प्रेम, मित्रता, विछोड र खुशीले भरिपुर्ण रोमान्टि चलचित्र भनिएको छ । यस चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, जोन तामाङ, अनु शाह र शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।

यसैगरी आजैबाट प्रदशर्नमा आएको ऋषी लामिछानेद्वारा निर्देशित चलचित्र ‘सरी ल’ सामाजिक सञ्जाल फेसबुकले स्थापित गर्ने प्रेम अनि त्यसको परिणामको विषयहरु समेटेर तयार पारिएको चलचित्र हो । यसमा सुवास थापा, राजन खतिवडा र नवनायिका अनिता आचार्यको मुख्य अभिनय रहेको छ ।

काठमाण्डौमा राम्रो प्रतिक्रिया बटुलिरहेको ‘लुट’ निर्देशिक निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ आजबाट मोफसल यात्रा तय गर्दैछ । शसस्त द्वन्दको समयमा ‘टुल्के’ नाम गरेको एक पात्रले आफ्नो वास्तविक पहिचान ‘टलकजंग’ पाउनका लागी गरेको संघर्षलाई निकै रचनात्मक ढंगले देखाउन खोजिएको छ । चलचित्रका लेखक खगेन्द लामिछानेले आफै ‘टुल्के’ बनेर अभिनय गरेका छन् जसलाई अहिले सर्वाधिक रुचाइएको छ ।

दुई हप्ताअघि बाट प्रदशर्न भइरहेको शाहरुख खानको ‘ह्याप्पी न्यू इयर’ र छविराज ओझाको ‘लज्जा’ पनि केही हलबाट नउत्रिने देखिएको छ । यो अवस्था र तीन चलचित्रको रिलिजले गर्दा कसलाई कति नाफा र कसलाई घाटा हुने हो ? त्यो त आजबाट थाहा हुने नै छ ।

जे होस् सबै चलचित्रलाई मज्जाको अनलाईनको तर्फबाट सफलताको शुभकामना ।

For More videos Log on to Mazzako TV