मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २०–

मंसिर ०५ गतेबाट देशभर प्रदशर्न हुन लागेको प्रतिक्षित नेपाली चलचित्र ‘हमजाएगा’ को निर्माण युनिटले एक सामाजिक संस्थालाई एक लाख रुपैंया सहयोग गरेको छ ।

Humjayega

सडक बालबालिका, श्रम कठिनाईमा परेका तथा यौन शोषणमा परेका बालबालिकाको निम्ति काम गर्दै आएको पोखराको किदासा अर्गनाईजेशनलाई सहयोग गरिएको हो । अमेरिकाको न्यूयोर्क शहरमा गरिएको  ‘हमजायगा’ को च्यारिटीबाट संकलन भएको उक्त रकम आज बिहीबार काठमान्डौमा पत्रकार भेटघाट कार्यक्रमका बिच किदासा अर्गनाईजेशनलाई हस्तान्तरण गरियो । निर्देशक सुरेन्द्र पुन, निर्माता सूर्य ब्लोन र निर्माण कम्पनी मुनाल फिल्म्स्का अध्यक्ष भोज बहादुर गुरूङले एक लाखको चेक हस्तान्तरण गरे ।

नेपालीभाषीहरूको बाहुल्यता रहेको भारतको दार्जीलिङ र खरसाङमा निकै चर्चित रहेका चुट्किला पात्र दलबहादुर गुरूङ ‘हमजायगा’ को नाममाथि बनेको फिल्म  ‘हमजायगा’ मा बाबु बोगटी, मनोज आरसी, विल्सनविक्रम राई, ऋचा धिताल, सपना श्रेष्ठ, पार्वती राईलगायतको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV