alok

काठमाडौ, कार्तिक २०,विहिबार –

म्युजिक भिडियो तथा चलचित्र निर्देशक आलोक नेम्बाङ्गको निधन भएको छ । आज (विहिबार)बेलुकी ८ बजे आफ्नै निवासमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो । धापासीस्थित आफ्नै निवासमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

सानो संसार, कोही मेरो लगायत चलचित्र अनि दजनौं म्युजिक भिडियो निर्देशन गरेका नेम्वाङ्गको चलचित्र अझै पनि फागुन १५ गते रिलिज हुने तयारीमा थियो ।

For More videos Log on to Mazzako TV