यसकारण क्यानाडा सरकारको अवार्ड बुझ्न जान पाइँन : सुदर्शन गौतम
मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २०–
नेपाली मुलका क्यानेडियन नागरिक सुदर्शन गौतमले क्यानाडाको संसदबाट प्राप्त अवार्ड आफ्नो कार्य व्यस्तताका कारण नबुझेको बताएका छन् । उनले क्यानाडाको संसदबाट पाएको ‘क्यानेडियन डिस्याबिलिटी हल अफ फ्रेमको अवार्ड’ नबुझेका हुन् । टोरोन्टो योर्क होटेलमा आयोजना भएको कार्यक्रममा सुदर्शन उपस्थित भएनन् ।
क्यानडामा अवार्ड बुझ्न नजानुको कारण बारे सुदर्शनले भने, ‘नेपालको कार्य व्यस्तताले गर्दा अवार्ड बुझ्न जान पाइँन ।’ यद्पी उनले क्यानेडियन संसदको उक्त निर्णयबाट आफुलाई खुसी मिलेको बताए । सुदर्शनले भने, ‘मैंले त्यति ठुलो काम गरेजस्तो त लाग्दैन । सानै कामबाट पनि मलाई क्यानेडियन सरकारले सम्मान गरेको छ त्यसबाट म खुसी छु । थप काम गर्न उर्जा मिलेको छ ।’
दुवै हातबिना सर्बोच्च शिखर आरोहण गरे बापत उनलार्इ सो पुरस्कार प्रदान गरिएको हो । यो पुरस्कार क्यानाडा सरकारको ठूलो पुरस्कार हो । दुबै हात नभएर पनि सुदर्शन गौतमले साहसीक कार्यहरू गर्दै अएका छन् । सुदर्शन गौतमको लागि होटेल तथा लिमोजिन कार को साथ् बिशेष स्वागत गर्ने तयारी थियो तर उनको कुनै जानकारी नआउँदा अन्तिम समयमा आयर सबै तयारी रद्ध गरेको उनले बताए । अवार्ड कार्यक्रममा प्रमुख सांसद वीम कार्चरले सुदर्शन प्रतिभावान र साहसिक ब्यक्ति भएको बताए । उक्त कार्यक्रममा नेपालका लागि राजदूत कुंदर शर्मा, एनअरएन क्यानाडाका प्रमुख अनिल शर्मा लगायत तथा नेपाली संस्थाका प्रतिनिधिहरुको बाक्लै उपस्थिति रहेको थियो । राजदुत शर्माले नै सुदर्शनको अवार्ड ग्रहण गरेका थिए ।
सुदर्शन गौतम क्यानाडा मा २००५ मा आएर २००८ मा क्यानाडाको नागरिक भएर हाल कलगेरी सहरमा बसोबास गर्छन। मोटिभेस्नल पब्लिक स्पिकर, क्यालगरीमा रेस्टुरेन्ट तथा कारसेलको ब्यापार गर्ने तथा थुप्रै संस्थाहरूमा आबद्ध गौतमले २०१२ मा कम्पलिन कालगरिनको चुनाव जितेका थिए । २०१३ बाट एनआरएन क्यानाडाको दूत पनि घोषणा गरेको छ तर गौतमले आधिकारिक रुपमा पदभार ग्रहन्न भने गरेका छैनन् ।
यस वर्षको फूलपातीमा सार्वजनिक प्रदर्शन भएका फिल्म ‘हिम्मतवाली’ मा सुदर्शन महत्वपूर्ण भएका थिए । रेखा थापाको निर्माण, निर्देशन एवं शिर्ष भूमिको रहेको उक्त फिल्मबाट सुदर्शन नेपाली फिल्म हेर्ने दर्शक सामु समेत प्रिय बनेका छन् ।
For More videos Log on to Mazzako TV