मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २०–

‘अनमोललाई धेरै चलचित्रमा अफर आएको हो तर उसले स्क्रिप्ट चित्त नबुझेकाले रिजेक्ट गरेको थियो’, सदाबहार अभिनेताका उपमा पाएका भुवन केसी भन्दै थिए– ‘तर उसले ‘जेरी’ मनपरायो र खेल्यो ।’ आज विहान राजधानीको कुमार हलमा चलचित्र ‘जेरी’ द्वारा आयोजित पत्रकार भेटघाटमा नायक केसीले अनमोलको यो रहस्य खोलेका हुन् । उनले नेपाली फिल्मको व्यापार नभइरहेको यो अवस्थामा ‘जेरी’ ले नयाँ आयम थप्ने विश्वास व्यत्त गरे ।

Bhuwan-kc-2

‘होस्टेल’ रिलिज भएको झन्डै एक वर्षपछि ‘जेरी’ मार्फत दर्शकमाझ आउन लागेका भुवन पुत्र केसीले मिडियाकर्मी र दर्शकको माया बिना आफु अपुरो रहने बताए ।

‘जेरी’ मार्फत अभिनयमा डेब्यु भएकी नवनायिका आना शर्माले भने फिल्ममा अभिनय गर्न पाएकोमा आफुलाई गर्व महसुश भएको बताइन् । आना कोरियोग्राफर रचना शर्मा गुरुङकी छोरी हुन् । रचनाकै अर्की छोरी अमाल्य शर्माको समेत ‘जेरी’ मा अभिनय छ ।

anmol-kc-speaking

सुपरहिट चलचित्र ‘होस्टेल’ बनाएर चर्चा कमाएका निर्देशक हेमराज विसीद्वारा निर्देशकिय चलचित्र हो ‘जेरी’ । अहिलेका युवा पुस्ताको मनोविज्ञानलाई लिएर बनाइएको रोमान्टिक लभ स्टोरीको कथा हो ‘जेरी’ , निर्देशक विसीले कार्यक्रममा सुनाए ।

सामाजिक संजालमा हिट भइरहेको ‘जेरी’ को ट्रेलर र दुईवटा गीत कार्यक्रममा देखाइएको थियो । त्यसपछि सबै पत्रकारहरुलाई गुलियो ‘जेरी’ खुवाएर विदा गरिएको थियो । यस अर्थमा पनि कार्यक्रम ‘जेरीमय’ बनेको थियो ।

Anna-Sharma

हेमराजले ‘जेरी’ को कथा सह निर्माता सम्राट गौचनसँग मिलेर तयार गरेका हुन् । मनोज शेरचनको लगानी रहेको फिल्म ‘जेरी’ लाई शैलेन्द्र डि.कार्कीले खिचेका छन् । पपर्कन पिक्चर्सको वितरण रहने फिल्म ‘जेरी’ आउँदो कार्तिक २८ गतेबाट देशभर प्रदशर्नमा आउँदैछ । युवा पुस्ता माझ यो फिल्म अहिले प्रतिक्षित बनेको छ ।

Anmol-and-Ann

Bhuwan-kc

dipendra-K-Khanal

For More videos Log on to Mazzako TV