मज्जाको अनलाईन, काठमाण्डौ, कार्तिक २०–

‘एउटा’ औँला देखाएर होस् या विभिन्न बहानामा होस्, अहिले सिनेकर्मी र पत्रकारहरु विच आगामी शुक्रवार (कार्तिक २१) देखि देशभर प्रदशर्न हुन लागेको चलचित्र ‘‘एउटा साथी’  को चर्चा बढेको छ । मध्य पुसको जाडोमा ट्यांकरको पानीमा कठ्यांग्रिँदै भिजेर अभिनय गरेको सलोन र रिस्ताको अनुभूति बाहिरिएपछि त यसको चर्चा झन बढेको पाइन्छ । राम खनालको निर्माण र गणेशकुमार श्रेष्ठको छायांकनमा बनेको यो चलचित्रले किन यति धेरै चर्चा बटुलेको हो त ? यो चलचित्रलाई दर्शकले छुटाउन नहुने भनेर निर्माण युनिटले भन्दै आइरहेको छ । आखिर किन ‘एउटा साथी’ हजारौँको साथी बन्न सक्छ ? किन सबै दर्शकको रोजाइ बन्न सक्छ ? हामीले तल पाँच कारणहरु खोतल्ने प्रयास गरेका छौ  :–

laxman subedi

यो रंग पत्रकार लक्ष्मणको पहिलो निर्देेशकिय चलचित्र हो
रंग पत्रकारहरु सधै निर्देशकले बनाएका चलचित्रहरुको विषयमा लेख्ने गर्छन् । टिका–टिप्पणी गर्ने गर्छन् । समिक्षा गर्ने गर्छन् । लामो समयदेखि रंग पत्रकारिता गर्दै आएका लक्ष्मण सुवेदी पनि यस्तै एकमा पर्छन् । सुवेदीको आफ्नै डेब्यु निर्देशन रहेको चलचित्र हो ‘एउटा साथी’ । यो चलचित्रलाई उनले धेरै मिहेनत गरेर र दुख सहेर बनाएको प्रतिक्रिया दिँदै आइरहेका छन् । प्रतिभाशाली संचारकर्मीका रुपमा चिनिएका सुवेदीले आफै निर्देशन गरेको चलचित्र चाँही कस्तो होला ? यसको जवाफ पाउनका लागी भएपनि हरेक दर्शकले ‘एउटा साथी’ हेर्नपर्छ ।

नयाँ पुस्ताका कलाकारले भरिएको ‘एउटा साथी’
दर्शकहरु चलचित्रमा नयाँ पूस्ता र मौलिकता चाहन्छन् भन्ने कुराको पुष्टी त ‘सायद’ र ‘होस्टेल’ जस्ता चलचित्रले गरिसक्यो । ‘एउटा साथी’ पनि यस्तै चलचित्र हो जँहा नयाँ पुस्ताका कलाकारहरुको मुख्य अभिनय छ । सुपरहिट चलचित्र ‘होस्टेल’ का कलाकार सलोन बस्नेत र नायिका रिस्ता बस्नेत नै यस चलचित्रका मुख्य पात्र हुन् । उनीहरुसंगै जोन तामाङ, अनु शाह र शिशिर भण्डारीले पनि मुख्य भुमिका निभाएका छन् । ‘चलचित्रमा प्राय सबै मुख्य कलाकारहरु २२ वर्ष वरिपरिका छन्’, निर्देशक सुवेदीले भने । नँया पुस्ताका कलाकारले भरिएको ‘एउटा साथी’ यसकारण पनि हजारौको साथी बन्न सक्छ ।

euta sathi final

चलचित्रको संगित पक्ष बलियो
भनिन्छ, चलचित्रको गित हिट त चलचित्र नै हिट । ‘एउटा साथी’ ले पनि यस्तै छाँटकाँट देखाएको छ । यो चलचित्रको ‘खाली खाली थियो मन’ बोलको गीत अहिले सर्वाधिक रुचाइएको छ । यस गीतमा संगित तथा स्वर अहिलेका चर्चित युवा संगितकार टंक बुढाथोकीले दिएका छन् । यस्तै अर्को ‘शितल पवनलाई सोधन’ बोलको गीतले पनि राम्रै चचौ पाइरहेको छ । बलियो संगित पक्षका कारण पनि ‘एउटा साथी’ हेर्न दर्शक हलसम्म जान्छन् भन्ने विश्वास लिन सकिन्छ ।

Rista basnet

संचारकर्मीको साथ र व्यापक पब्लिसिटी
भनिन्छ, चलचित्र राम्रो भएर मात्र हुँदैन्, यसको पब्लिसिटी पनि हुन आवश्यक छ । ‘पब्लिसिटी’ को मामिलामा ‘एउटा साथी’ अब्बल देखिएको छ । यस चलचित्रका कलाकार र निर्देशक अहिले संचार अन्तरक्रियामा व्यस्त देखिन्छन् । यो संचारकर्मीकै चलचित्र भएकाले सबै रंगपत्रकारहरुले आफ्नै सम्झेर यसको पब्लिसिटीमा सघाइरहेको पाइन्छ । संचारकर्मीको यस्तो साथ र चलचित्रको व्यापक पब्लिसिटीकै कारण भएपनि ‘एउटा साथी’ कस्तो चाँही रहेछ भनेर दर्शकहरु हलसम्म जाने पक्कापक्की देखिन्छ ।

salon

रोमान्स, प्रेम र कमेडीले भरिभराउ ‘एउटा साथी’
अहिले जमाना रोमान्टिक कमेडीको छ । नेपाली दर्शकहरुले पनि चलचित्रमा यस्तै स्वाद खोजिरहेका छन् । अरुलाई हसाउँन माहिर निर्देशक सुवेदीको यो चलचित्र पनि त्यस्तै बनेको बताइएको छ । ‘सवा दुई घण्टाको मेरो चलचित्र हेर्दा दर्शकलाई  कहीकतै ‘बोर’ हुनेछैन्’, निर्देशक सुवेदीले यसअघि नै मिडियामा भनिसकेका छन् । यो चलचित्र पुर्ण रुपमा रोमान्स, प्रेम र कमेडीले भरिभराउ रहेको उनले बताएका छन् । यँहा प्रेम, मित्रता, विछोड र खुशीको कथालाई कलात्मक ढंगमा देखाउन खोजिएको उनले बताउँदै आइरहेका छन् । ‘एउटा साथी’ का दुई ट्रेलर सार्वजनिक भइसकेका छन् जसलाई हेर्दा ‘एउटा साथी’ रोमान्टिक चलचित्र हो भन्ने महसुस पक्कै हुन्छ । पेट मिचीमिची हँसाएर भएपनि ‘एउटा साथी’ हजारौँको साथी बन्ने देखिन्छ । कि कसो ?
– अनिल यादव

Watch New Trailer of Euta Sathi :-

For More videos Log on to Mazzako TV