मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक १९, बुधबार

निकै हट र ग्ल्यामरस नायिकाका  रुपमा चिनिएकी  सुष्मा कार्कीद्वारा अभिनित चलचित्र ‘संजोग’ को आज राजधानीमा दुई गीतसंगै ट्रेलर सार्वजनिक गरिएको छ ।

IMG_6417

बागबजारस्थित सिटी म्याक्स हलमा चलचित्रको ट्रेलर र गीत केही पत्रकार र चलचित्रकर्मीलाई देखाइएको हो । ट्रेलरको सहभागीहरुले प्रशंसा गरेका थिए । ट्रेलर र गीत यूट्यूबमा चाँडै राखिने कार्यक्रममा बताइयो । सुष्मासंगै यो चलचित्रमा नायक सविन श्रेष्ठ, प्रज्वल गिरी र पुष्कर भट्टको अभिनय रहेको छ ।

एक्सन र रोमान्टिक भनिएको यस चलचित्रलाई अरु भन्दा फरक बनाउन खोजिएको निर्देशक वेदप्रसाद भुर्तेलले बताए । भुर्तेल आफैले चलचित्रको पटकथा र संवाद पनि लेखेका हुन् ।

IMG_6424

फिल्मी कार्यक्रमको आकर्षणका रुपमा नायिकालाई लिइन्छ । तर ‘सञ्जोग’ को कार्यक्रमा नायिका सुष्मा र नायक सविन श्रेष्ठ दुबै अनुपस्थित थिए । कलाकारको तर्फबाट प्रज्वल र पुष्करले बोलेका थिए ।त्यस्तै चलचित्र निर्देशक नवल नेपाल, श्याम भट्टराई, संगितकार तथा गायक टंक बुढाथोकी लगायतले ‘संजोग’ को सफलताको कामना गर्दे मन्तब्य राखेका थिए ।

IMG_6419

उमेश उप्रेती र रोशन उप्रेतीको सँयुक्त लगानी रहेको यस चलचित्रमा चन्द्र पन्तको द्वन्द, गोविन्द राईको नृत्य र हरिनारायण चौधरीको छायांकन रहेको छ । यस चलचित्रका अधिकाशं छायांकन पूर्वी नेपालको झापामा भएको छ ।

कार्यक्रममा चलचित्रको रिलिज मिती घोषणा नगरिए पनि माघभित्रमा प्रर्दशन गर्ने गरी तयारी भइरहेको निर्माताले जानकारी दिए ।

IMG_6455

For More videos Log on to Mazzako TV