अर्काको श्रीमती भगाउने ‘जार’ हेर्नेको भिड, मण्डलामा हुँदैन खाली सिट
अर्काको श्रीमती भगाउनेलाई जार भनिन्छ । हाम्रो समाजमा कैयोै जारहरु छन् । मल्टी रिलेसनसिपको दुँनियामा जार परम्परा अलि फरक हुन सक्छ ।
जङ्गबहादुर राणाले जारलाइ ठाडै काट्न पाइन्छ भन्ने हुकुम दिएपछि अर्काको श्रीमती भगाउनेलाइ काट्न पाउने परम्परा चल्दै आएको थियो । जारलाई सरकारको नियम अनुसार दुईवटा अप्सन दिइन्थ्यो । जसको श्रीमती भगाएको हो उसैको टाङमुनि छिरेर माफी माग्नु पर्ने वा जार , ७ दिन ७ रात भाग्दा पहिलेको श्रीमानले खेदेर काट्न पाउने । त्यती खेर जारले हात फर्काउन पाउँदैन् भागेरै बाच्नुपर्ने हुन्थ्यो । पछी राजा त्रिभुवनले जार होस या कुनै मानिस कसैलाई पनि काट्न पाइदैन भन्ने उर्दि जारी गरे ।
त्यसपछि जार काट्ने चलन हरायो । तर अझै पनि हाम्रो गाँउघरमा कसैको श्रीमती भगाउदा तिरिने बिगो संस्कृती ( क्षतिपूर्ति बापत तिरिने नगद जिन्सि ) अझै यथावत छ । यहि जारको एउटा कथा अहिले नाटक घरमा मञ्चन भइ राखेको छ ।
लप्टन रुद्रमान (अंकित खड्का) बिदामा घर आएको बेला ठुर्ली (केनिपा सिंह) लाई मन पराउछ । ठुलीले पनि रुद्रमानलाई मखमलको रातो गलबन्धी लगाइदिएर प्रेमको हरियो सिग्नल दिन्छे । उनिहरु बिच प्रेमको आङकुरा पलाउदै गरेको हुन्छ । उनिहरुको प्रेममा त्यतीखेर तुसारापात पर्छ जति खेर बहिनी मैती (लक्ष्मी र्बदेवा ) र देवी – (कुपा ब्रजरचार्य) बिच उनिहरुको बावु – आमाले मितिनी लगाइदिन्छन् ।
गाँउमा भान्जा पर्ने हर्षजित ( बिजेन कार्की ) ले ठुलीलाई हकैले बिहे गरेर लैजान्छ । श्रीमान-श्रीमती हुन नपाई दाजु-बहिनी बनेका ठुली र रुद्रमान बिच त्यती खेर स्थिती तनावपूर्ण हुन्छ जतिखेर रुद्रमान बिदामा घर फर्कन्छ । ‘उनिहरुले मेरो प्रेमको धागो चुडालीदे । मलाइ त सोधेनन् सोधेनन्, रुद्रमानलाई पनि सोधेनन्’ ठुलीले भाव बिहिलमा भनेको यो वाक्यमा बहिनीहरुको मितिनी सम्बन्धले ठुली र रुद्रमानको प्रेम निमोठिएको प्रस्ट्र हुन्छ । यिनै तिन जना पात्रहरुको सेरोफेरोमा कथा घुम्छ ।
पूवेली गाँउको झलक दिने उक्त नाटकमा मित लगाउने तरिका पनि समेटिएको छ । त्यसैगरी दुर्लब मानिने पूर्वी पहाडमा बिवाहमा प्रयोग गरिने डोली , मानिसलाई सजाय दिदा लगाइने ठिङग्रो, नौ गाँठे रुपा जस्ता सामाग्री पनि प्रयोग भएका छन् । नेपाली समाजमा दुर्लव जस्तै भएका त्यसता सामाग्रीहरु धेरैका लागि नौलो बन्न सक्छ । त्यसतै निर्देशक सुनिल पोखरेलले नेपाली रङ्गमञ्चमा पहिलो पटक सुनुवार भाषाको प्रयोग पनि गरेका छन् ।
मण्डला नाटक घरमा ३ महिने प्रशिक्षण दिएर तिनै प्रशिक्षार्थीहरु बाट तयार गरिएको उक्त नाटक कात्र्तिक ३१ सम्म सोमबार बाहेक मञ्चन हुनेछ । कार्तिक १४ बाट शुरु भएको उक्त नाटक हिजो सम्म निरन्तर रुपमा हाउस फुल गइ राखेको मण्डलाका डाइरेक्टर राजन खतिवडाले जानकारी दिए । ‘ प्राय अडियन्सले स्टुडेन्ट प्रोडक्सन भनेर पत्यार मान्न गाह्रो मान्छन् । ’ खतिवडाले बताए । “ प्रोफेसनल कलाकारको भन्दा केही कमी छैन्, नाटक राम्रो छ । ” एक जना दर्शक नाटक हेरिसकेर साथि संग कुरा गर्दै निस्किदै थिए ।
इन्द्रबहादुर राईले लेखेको यस कथामा प्रितम तमु, अमर भण्डारी, अमृतबहादुर ढुङ्गगना , कुशल पाण्डे, रसिल गजुरेल, आयान खड्का, इँगिहोपो कोइँच सुनुवार, सुदन मुनिकारर्, भाष्कर ओली, बर्षा खड्का, कृपा बज्रचार्य, विजय बराल, विजया कार्की, लक्ष्मी बर्देवा, केनिपा सिं, सन्देश लामिछाने, अंकित खड्का, बिजेन कार्की, रियर राइ ,प्रकाश दाहाल लगायतको अभिनय रहेको छ ।
लाइटमा उमेश तामाङ र दिलजङ्ग गरुङ रहेको यस कथाको नाट्य रुपान्तरण अहिले शहरमा “टुल्के” बनेर चिनिरहेका खगेन्द्र लामिछानेले गरेका हुन् भने यस नाटकको परिकल्पना तथा निर्देशन सुनील पोखरेलले गरेका हुन् ।
– प्रकाश दहाल
For More videos Log on to Mazzako TV