काठमाण्डौंमा क्याट्वाक गर्दै बलिउड नायिका रबिना, लगाएर नेपाली पहिरन र गहना
मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक १९ गते, बुधबार
बलिउडकी चर्चित नायिका रबिना टण्डनले आज (बुधबार) काठमाण्डौंको याक एण्ड यती होटलमा हुने ग्राण्ड ज्वेलरी फेशन शोमा सहभागी हुदैछिन् । उनी नेपाली पहिरन र नेपालमै निर्माण भएका गहना लगाएर लगाएर ८० फिट लामो र्याम्पमा क्याटवाक गर्नेछिन् । उनलाई नेपाल रत्न तथा आभुषण संघले नेपाल ल्याउने चाजोपाजो मिलाएको हो ।
नेपाली गरगहना प्रर्वद्वनको लागि भनेर आयोजना गर्न लागिएको फेशन शोमा नेपाली नायिकाहरु प्रियंका कार्की, पुर्व मिस नेपालहरु तथा मोडलहरुले नायिका टण्डनलाई र्याम्पमा साथ दिनेछन् ।
दरबारमार्ग स्थित याक एण्ड यती होटलमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मलेनमा बोल्दै नायिका टण्डनले आफुलाई नेपाल आउन पाएकोमा खुशी लागेको बताईन । ‘म बुद्व धर्म मान्दिन तर पनि भगवान गौतम बुद्व हामी सबैको मनमा हुनुहुन्छ, बुद्व जन्मेको देशमा आउन पाउदा निकै खुशी लागेको छ’ उनले भनिन् ‘यसपटक समय अभावले गर्दा लुम्बिनी जान नपाएपनि यहाँका प्रख्यात गुम्बा र स्तुपहरु भने अवश्य घुम्छु’ । नेपाललाई राम्रो संस्कृति भएको देश भन्न पनि उनले भ्याईन् ।
नेपाल रत्न तथा आभुषण संघको आयोजनामा कार्तिक १९ गतेबाट हुने फेसन शो तथा कार्तिक २१ गतेदेखि २३ गतेसम्म हुने नेपाल जेम्स एण्ड ज्वेलरी एक्सपो २०१४ मा सद्भभावना दुतका रुपमा नायिका टण्डन नेपाल आएकी हुन् । उनी नेपालमा दुई दिनसम्म रहने जानकारी गराईएको छ ।
सन् १९९१ मा पत्थर के फुल बाट बलिउडमा डेब्यु गरेकी रबिनाले दिलवाले, मोहरा, खिलाडीयोका खिलाडी, जिद्दी, बडेमिया छोटे मिया, परदेशी बाबु, राजाजी लगायत हिट चलचित्रहरुमा काम गरेकी छिन् । हिन्दी चलचित्रमा मात्रै नभएर तेलगु, कन्नड र तामिल फिल्महरुमा समेत उनले वाहवाही पाएकी छिन् । ४० बर्षिया रबिना दुई सन्तानकी आमा हुन् ।
पत्रकार सम्मेलनमा रबिनाले के भनिन् (भिडियो हेरौं )
तस्वीर – दीप बिमली
For More videos Log on to Mazzako TV