मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक १८–

एक समयमा ‘हमजाएगा जोक्स’ हरु निकै चर्चित थिए । अब ‘हमजाएगा’ नामको चलचित्र बनेको छ जुन मंसिर ०५ गतेदेखि देशभरका हलहरुमा लाग्दैछ ।

रिलिज अगावै अत्याधिक चर्चा बटुलिरहेको ‘हमजाएगा’ लाई कतिपयले हिन्दी नाम भन्दै आलोचना समेत गरे । तर यो एउटा विशुद्ध नेपाली कथा बोकेको चलचित्र रहेको निर्देशक सुरेन्द्र पुनले स्पष्ट पारेका छन् ।

Humjayega-Wilson

दार्जिलिङ, सिक्किमतिर जोक्सको पात्रका रुपमा प्रख्यात नेपाली मुलका दलबहादुर गुरुङलाई ‘हमजाएगा’ भनेर चिनिन्छ । तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र ‘कुसुमे रुमाल’ मा उनले ट्याक्सी चालकको रुपमा छोटो अभिनय समेत गरेका थिए । ‘उनै हमजाएगाको नामबाट प्रभावित भएर यस चलचित्रको नाम पनि त्यही राखिएको हो’, निर्देशक पुनले भने ।

नाम सापटी लिइएपनि चलचित्र भने उनको कथामा आधारित नरहेको पनि निर्देशकले स्पष्ट पारे । ‘तर हाम्रो चलचित्रका मुख्य पात्र ‘हमजाएगा’ पनि उनी जस्तै ट्याक्सी चालक हुन्’, निर्देशक पुनले भने– ‘जसरी दार्जिलिङका ‘हमजाएगा’ रसिक र रमाइलो मन पराउने खालका थिए हाम्रो पनि त्यस्तै प्रकृतिका छन् ।’

निर्देशक पुनको आफ्नै लेखन रहेको यस चलचित्रमा विल्सन विक्रम राई, बाबु बोगटी, मनोज आरसी, पार्वती राई, ऋचा धिताल लगायतको मुख्य अभिनय छ । पदमलाल श्रेष्ठको छायांकन रहेको यस चलचित्रमा योगेन्द्र श्रेष्ठको द्धन्द, अर्जुन जि.सी. को सम्पादन रहेको छ ।  मुनाल फिल्मस्को  ब्यानरमा निर्माण भएको यो चलचित्र अहिले दर्शकमाझ प्रतिक्षित बनेको छ ।

Watch Here Trailer :-

For More videos Log on to Mazzako TV