मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक १८–

चर्चित म्यूजिक भिडियो निर्देशक निकेश खड्काको पहिलो निर्देशकिय फिल्म ‘जिन्दगी रक्स’ आगामी पौष १८ अर्थात जनवरी ०२ तारिखबाट देशभर प्रदशर्नमा आउने भएको छ । सन् २०१५ मा रिलिज हुने यो पहिलो नेपाली चलचित्र हुनेछ ।

Jindagi rocks 2

राजधानीस्थित सिटिसी मलमा आयोजित पत्रकार भेटघाट मार्फत आज यस चलचित्रको रिलिज मिती घोषणा संगसंगै ट्रेलर र गीत पनि देखाइयो । यूवाहरुको कथा बोलेको यस चलचित्रको ट्रेलर हेरेपछि संचारकर्मी र सहभागी केही चलचित्रकर्मीहरुले प्रशंसा गरेका थिए ।

कार्यक्रममा ‘लखर लखर’ बोलको गीत पनि देखाइएको थियो जुन सामाजिक संजालमा हिट भइसकेको छ । सुगम पोखरेलको शब्द र स्वर रहेको उक्त गीतमा गिरिस खतिवडालाई फिचरिङ गरिएको छ । ‘लखर लखर’ बाहेक यस चलचित्रमा अन्य चार गीत रहेका छन् ।

Jindagi rocks

बिरेन्द्र राज तुलाधार र सुजता श्रेष्ठ को लगानी रहेको यस चलचित्रमा अकेशा विष्ट, सौरम राज तुलाधार, सोनम पाख्रिन र प्रकृति श्रेष्ठ, राजेन्द्र खड्गी, मकन राई, विनोद मैनाली, विकी पुलामी, हर्कराज घलनको अभिनय रहेको छ । नायिका ऋचा शर्मा पनि चलचित्रमा विशेष भुमिकामा देखिने छिन् । चलचित्रका मुख्य कलाकारहरु प्राय म्युजिक भिडियोमा देखिरहने अनुहार भएपनि चलचित्र क्षेत्रमा भने नयाँ हुन् । कार्यक्रममा चलचित्रका दुई कलाकार अकेषा बिष्ट र सुरमराज तुलाधरले एक गीतमा लाइभ प्रस्तुती दिएका थिए

निरोज महर्जनको कथा, मोहित मुनालको ब्याकग्राउन्ड स्कोर र निशान घिमिरेको सम्पादन रहेको यस चलचित्रलाई चर्चित सिनेमाटोग्राफर हरी हुमागाईले खिचेका हुन् ।

jindagi rocks 5

जिन्दगी रक्स ‘साहसिक कमेडी चलचित्र’ हो

निर्देशक खड्काले बताए अनुसार ‘जिन्दगी रक्स’ एउटा साहसिक कमेडी चलचित्र हो । यस चलचित्रमा चार जना यूवा–यूवतीहरुको साहसिक यात्रालाई रमाइलो ढंगले देखाइएको बताइयो । एक दिनको उनीहरुको यात्राले कसरी अप्रत्याशित मोड लिन्छ ? त्यसपछि कस्ता कस्ता समस्याहरु उनीहरुले भोग्नुपर्छ ? चारजनाको यात्रा गन्तब्यमा पुग्छ कि पुग्दैन् ? यही सेरोफेरोमा ‘जिन्दगी रक्स’ घुमेको बताइएको छ ।

jindagi rocks 4
Watch Song Here :-

For More videos Log on to Mazzako TV