काठमाण्डौबाट हिड्यो ‘टुल्के’ टोली, गर्नेछ प्रमोशन चलचित्रको बारेमा बोली
मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक १८–
राजधानीका हलहरुमा सन्तोषजनक व्यापार गरिरहेको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ आगामी कार्तिक २१ देखि राजधानी बाहिरका हलमा प्रदशर्न हुँदैछ । यसकारण टुल्केको एक टोली चलचित्रको प्रचार प्रसारका लागी राजधानीबाट हिँडेको छ ।
कार्यकारी निर्माता रविन्द्रसिह बानियाँ, निर्देशक निश्चल बस्नेत, कलाकारहरु दयाहाङ राई, खगेन्द्र लामिछाने, सुशान्त मैनालीको टोली सोमबारको रात्री यात्रामा हेटौंडातर्फ हिँडेको हो ।
‘टलकजंग भर्सेस टुल्के’ को टोलीले हेटौंडा, बिर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, बुटवल र पोखराका मिडियासँग अन्तरक्रिया एवं हल परिक्रमा गर्नेछ । ‘लुट’ निर्देशक निश्चल बस्नेतको दोश्रो निर्देशकिय फिल्म ‘टलकजंग भर्सेस टुल्के’ काठमाण्डू बाहिरका हलमा आउँदो शुक्रबार कार्तिक २१ गतेबाट तीन दर्जन बढी हलबाट प्रदर्शनमा आउँदैछ ।
शशस्त्र द्वन्दको सुरुवातमा टुल्के नाम गरेको व्यक्तिले समाजमा आफ्नो अस्तित्व स्थापित गर्न गर्नु परेको संघर्षको कथामा फिल्म ‘टलकजंग भर्सेस टुल्के’ आधारित छ । फिल्मको शिर्ष पात्रमा लेखक समेत रहेका खगेन्द्र लामिछाने प्रस्तुत भएका छन् । खगेन्द्रको अभिनयलाई सर्वाधिक रुचाइएको छ । खगेन्द्रसँगै यस फिल्ममा दयाहाङ, सुशान्त र ऋचा शर्माको मुख्य भूमिका छ ।
For More videos Log on to Mazzako TV