नीता ढुंगानाको अमेशसंग लभ, उसको मुस्कानले गर्यो यो सब !
मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक १७–
‘गाला रातै’ अभिनेत्रीका रुपमा चिनिएकी निता ढुङ्गानाको नवनायक अमेश भण्डारीसंग प्रेम सम्बन्ध रहेको खुलासा भएको छ । विगत तीन वर्षदेखिको उनीहरु विचको प्रेम गत साता निता आफैले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेकी हुन् ।
प्रेमी अमेश र आफ्नो तस्बिर फेसबुक पेजमा सेयर गर्दै गत साता निताले क्याप्सनमा यस्तो लेखेकी थिइन् –, ‘विथ माई लभ अमेश भण्डारी, फूलै फूलको मौसम तिमीलाई’ ।
दिनेश डिसीको निर्देशनमा छायाँकन भइरहेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ मा जोडीका रुपमा अभिनय गरिरहेका निता र अमेश अब रियल लाईफमा जोडी कहिल्यै हुन्छन् त ? ‘बिहेको कुनै योजना छैन, अझै केही वर्ष बिहेबारे सोच्दिन’, निताले भनिन् ।
अभिनेत्री निताले आफ्नो अमेशसँग प्रेम रहेको कुरा सहर्ष स्विकार गरेकी हुन् । ‘फूलै फूलको मौसम तिमीलाई’ को छायाँकन स्थलबाट निताले भनिन्, ‘हो हामीबिच प्रेम छ ।’ आखिर अमेशजीको कुन पक्षले तपाईले आकर्षण गर्यो त भन्ने प्रश्नमा निताले भनिन्, ‘मलाई उसको हाँसोले तान्यो ।’
निता र अमेशको यो प्रेम सम्बन्ध सधै अमर रहोस् । हाम्रो पनि शुभकामना ।
For More videos Log on to Mazzako TV