मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक १७–

आउँदो शुक्रवारदेखि रिलिज हुन लागेको चलचित्र ‘सरी ल’ संगसंगै सोही चलचित्रबाट डेब्यु भएकी नायिका अनिता आचार्यको चर्चा पनि सिने नगरीमा शुरु भएको छ ।

anita-acharya

चलचित्र क्षेत्रप्रति नकरात्मक सोच भएकाले धेरै निर्माताहरुको प्रस्तावलाई अनिताले अस्वीकार गरेको कुरा गसिप बजारमा चलेको थियो । तर आज राजधानीमा सम्पन्न ‘सरी ल’ प्रिमियर शोमा आएकी अनिताले सो कुराको खण्डन गरिन् । ‘मैले कलाकार बन्न सजिलो छ भन्ने सुनेको थिए तर यस क्षेत्रमा आएपछि वास्तविकता थाहा भयो’, उनले मज्जाको अनलाईनसंग भनिन्– ‘यस क्षेत्रमा नाम र इज्जत दुवै पाइँदोरहेछ, समयले साथ दिएसम्म यही रहिरहन चाँहन्छु ।’

‘मैले कहिल्यै यो क्षेत्रलाई घृणा गरेको छैन्’, अनिताले भनिन्– ‘अफिसमा काम गर्ने भएकाले समय दिन भ्याउँछु कि भ्याउँदिन भन्नेमा मात्र समस्या हो ।’  यो अभिव्यक्तिले सिने नगरीप्रति उनको सोच गलत नभएको कुरा प्रष्ट देखिन्थ्यो ।

त्यसो त अनिताको स्वर्गीय हजुरआमालाई फिल्मलाईन मन नपर्दो रहेछ । ‘जिन्दगीमा तिमीले जुनसुकै क्षेत्रमा लागेपनि फिल्म लाईनमा चाहीँ कहिल्यै नलाग्नु है भनेर मेरो हजुरआमाले भन्नु हुन्थ्यो’, बित्नुभएकी हजुरआमालाई सम्झदै अनिताले भनिन्– ‘तर आज वँहा बाच्नुभएको भए यस्तो भन्नुहुन्न थियो होला ।’

Rishi-Lamichane

ग्ल्यामहन्ट नामक फेसन शोमा प्रथम भएकी अनितालार्इ निर्देशक ऋषि लामिछानले संसारकै सुन्दरी नायिका भनेर बयान गरेका थिए । ‘मलाई हेर्ने वँहाको आँखा राम्रो भएर सायद यसो भन्नुभयो होला’, अनिताले निर्देशकको प्रशंसालाई यसरी टारिन् ।

For More videos Log on to Mazzako TV