मज्जाको अनलाईन समाचार, न्यूयोर्क, कार्तिक १७–

‘राई इज किङ’ का रुपमा परिचित गायक राजेशपायल राई जब स्टेजमा देखिए तब उनका सँयौ फ्यान कराउन थाले । ‘नाइ नभन्नु ल’ भन्दै गीत गाइरहेका राजेशलाई दर्शक दिर्घाबाट एउटै आवाज गुञ्जिरहेको थियो– ‘आई लभ यू’ । आफ्ना फ्यानलाई आफ्नो सम्पत्ति ठान्ने राजेशपायल पनि जवाफ फर्काउदै थिए – ‘आई लभ यू टु’ ।

Rajesh 2

यो दृश्य गत शुक्रवार साँझ अमेरिकास्थित न्यूयोर्कमा केशवराम राईले आयोजना गरेको ‘राजेश पायल   नाईट  इन न्यूयोर्क’ नामक कार्यक्रमको थियो, जँहा राजेश माथी प्रेमको वर्षा भयो । ‘यू एस टुर’ मा रहेका राजेश पछिल्लो समयका सबैभन्दा बढी विदेशमा प्रस्तुती दिने व्यस्त गायक मध्ये पर्छन् । न्यूयोर्कको प्रस्तुती पनि उनको लागी एघारौ थियो ।

एघारौ पटक अमेरिका पुगेका राजेशले उक्त कार्यक्रममा सहभागी नेपालीहरुलाई खुब मनोरञ्जन दिलाए । जति उनीमाथि ‘आइ लभ यू’ को वर्षा भयो त्यती नै जोशिएर उनी प्रस्तुती दिइरहेका थिए । उनले दर्शन नमस्ते, मोहनी लाग्ला है, चौबन्दी चोलीले देखि लिएर माथि माथि लेकबाट, दिक्तेल बजारसम्म गरी झण्डै २५ वटा गीत गाए ।

Rajesh 3

राजेशमय बनेको उक्त रातमा राजेश भन्दै थिए– ‘म यँहाबाट उठेको केही रकम मेरो गृह जिल्ला खोटाङस्थित रतन्छमा रहेको साकेला कलेजलाई सहयोग स्वरुप दिनेछु ।’ त्यसै त उनको गला र कलाले गर्दा फ्यानहरु उनीप्रति मरिहत्ते गर्छन् झन उनले देखाएको त्यो सामाजिक भावले त ताली र प्रेमको वर्षा नै भयो ।

न्यूयोर्कको कार्यक्रमपछि राजेशले मिचिगन, सान फ्रान्सिस्को, रोचेस्टर बोस्टन लगायतका अमेरिकी शहरमा आफ्नो प्रस्तुती दिनेछन् । ‘यँहाको कार्यक्रम सकेर नेपाल फर्कन एक महिना लाग्छ’, राजेशले भने ।

Rajesh paya

For More videos Log on to Mazzako TV