‘होस्टेल रिटर्न्स’ को छायांकन सकियो, वैशाख २५ लाई रिलिज मिती तोकियो
मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक १६–
‘सायद’ र ‘होस्टेल’ को अपार सफलतापछि दुर्गिश फिल्मसको तेस्रो प्रोजेक्टका रुपमा निर्माण भइरहेको चलचित्र ‘होस्टेल रिटर्न्स’ को आगामी वर्षको बैशाख २५ गतेबाट देशभर प्रदशर्न हुने भएको छ ।
छायांकन सकिएर सम्पादनको क्रममा रहेको यस चलचित्रको रिलिज मिती आज घोषणा भएको हो । लाहुरेको सहर बुटवलमा छायाँकन गरिएको यस चलचित्रले होस्टेलको जीवनशैली, बसोबास गर्ने विद्यार्थीबीचको मतमतान्तरको कथा बोलेको बताइएको छ ।
चलचित्र चलाउन माहिर निर्माता सुनिल रावलको निर्माणमा बनेको यस चलचित्रले व्यापक प्रचारप्रसारको रणनिती बनाएको बताइएको छ । ‘हामी पृथक प्रचार रणनीती सहित दर्शकमाझ चलचित्र लैजाने तयारी गर्दैछौ’, निर्माता रावलले जानकारी दिए । उनले प्लस टु परिक्षा सकिएको सातापछि फिल्मलाई हलमा लैजाने तयारी गरिएको बताउँदै मिती घोषणाबारे स्पष्ट पारे ।
सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, सुदाम सिके, प्रदीप चौधरी, रोयदीप श्रेष्ठ, इभम जोशी, निर्मल शर्मा, दीया मास्के र निर्माता रावलको अभिनय रहेको यस चलचित्रको संगीत तयार भैसकको छ ।
‘मौन’ निर्देशक सुरज भुषालको निर्देशन रहेको यस चलचित्रमा स्वप्नील आचार्यको संगीतमा लोक र रक स्वादको मिश्रण गरिएको छ । हरि हुमागाइँको क्यामेरा, अष्ट महर्जनको एक्सन, गोविन्द राईको नृत्य निर्देशन तथा निर्देशक भुषाल र सन्तोष लम्सालको पटकथा छ ।