मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक १५–
बहुप्रतिक्षित नेपाली चलचित्र ‘जेरी’ को नँया गीत सार्वजनिक गरिएको छ ।

Anmol KC

चलचित्रका मुख्य कलाकार अनमोल केसीलाई फिचरिङ गरिएको ‘भनन’ बोलको गीत सार्वजनिक गरिएको हो । चर्चित गायक नरेन लिम्बुको शब्द तथा स्वर रहेको यस गीतमा अनमोललाई डिस्कोमा देखाइएको छ ।

हेमराज विसीले निर्देशन गरेको यस चलचित्रमा अनमोल बाहेक अन्ना शर्मा, अमल्या शर्मा र अभिषेक मान शेरचनको पनि अभिनय रहेको छ । मनोज शेरचनले निर्माण गरेको यस चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।

सम्राट प्रसाद गौचनको कथा र सुरेन्द्र पौडेलको सम्पादन रहेको यस चलचित्र कार्तिक २८ गतेदेखि देशभर प्रदशर्न हुँदैछ ।

Watch Song Here :-

For More videos Log on to Mazzako TV