मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक १५–

फागुन ०८ मा रिलिज हुन लागेको प्रतिक्षित नेपाली चलचित्र ‘आवेग’ को ‘सोल्टीले नाचेको लास्ट राम्रो’ बोलको गीत अहिले चर्चामा आएको छ ।

soltile nacheko
टंक बुढाथोकी र मनिषा पोखरेलको स्वर रहेको यो गीतमा संगीत पनि टंकले नै दिएका छन् । शब्द भने सूर्य कार्कीको रहेको छ । गीतमा नायिका अर्चना डेलाला र पवित्रा आचार्यलाई क्रमशः आर्यन सिग्देल र ध्रुव दत्त को जोडीको रुपमा देखाइएको छ । गीतमा अर्चना र पवित्राको हट अवतार देख्न सकिन्छ । यस गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् ।

प्रेम कथामा बनेको यो एक्सन–प्रधान चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् भने सुर्य कार्कीले निर्माण गरेका हुन् । ‘क्याची’ शब्दको प्रयोगले  यसको गीत अहिले नेपाली संगितप्रेमीहरुको मुखमा झुण्डिन थालिसकेको छ । एकपटक तपाई पनि हेर्ने हो की ?

Watch Song Here :-

 

For More videos Log on to Mazzako TV