मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक १५

प्रवासमा बसेर पनि नेपाली गीत–संगितलाई नभुल्नेहरु धेरै छन् । यस्तै एउटा नाम हो प्रजिता गेलाल, जो अस्ट्रेलियामा बसेर नेपाली गीत–संगितलाई अघि बढाइरहेकी छिन् ।

Prajeeta
उदयीमान गायिकाका रुपमा परिचय बनाएकी प्रजिताले दिपावलीको अवसर पारेर सार्वजनिक गरेको एक म्यूजिक भिडियो अहिले सामाजिक संजालमा रुचाइएको छ । प्रजिताले आफ्नो दोस्रो एल्बम ‘झुमी झुमी’ बाट ‘एक दिन तिमी मेरो लागी देउ’ बोलको गीत सार्वजनिक गरेकी थिइन् जुन अहिले चर्चामा रहेको हो ।

करिव सात महिना अघि गायिका प्रजिता नेपाल आएको बेला उनले यो भिडीयो छायांकन गरेकी थिइन् । राजधानीको ठमेलमा छायांकन गरिएको ४ मिनेटा लामो भिडीयो तिम्रा लागीको युवा निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । सानैदेखि सङ्गीतमा रुचि राख्ने प्रजिताले आगामी दिनमा पनि साङ्गीतक क्षेत्रलाई निरन्तरता दिने बताएकी छिन् । भिडीयोमा प्रजितालाई मोडल रञ्जन रिजालले साथ दिएका छन् ।

भिडियोमा प्रजिता र रञ्जनको गजबको लभ क्यामेस्ट्र देख्न सकिन्छ । प्रजिताले रञ्जनको माया पाउनका लागी गरेका प्रयास भिडियोमा रचनात्मक तरिकाले देखाइएको छ ।

पहिलो एल्बम “स्टिल लभिंङ्ग यू ” को “चन्चल चन्चल” बोलको गीतबाट चर्चा बटुलेकी   बोल्ड एण्ड ब्युटिफुल प्रजिता सन् २०१२ मा दोश्रो एल्बमको ‘झुमीझुमी’ बोलको गीतले छोटो समयमा नै श्रोतको मनमा बसीसकेकी थिईन् । उनी करिव एक दशक यता अष्ट्रेलियाको एडिलेडमा बस्दै आएकी छिन् ।

Watch Song Here :-

For More videos Log on to Mazzako TV