दर्शकको राम्रो प्रतिक्रिया बटुल्दै, काठमाण्डौमा टुल्के टल्किदै
मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक १४
‘लुट’ निर्देशक निश्चल बस्नेतको दोश्रो निर्देशकीय चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ आजदेखि काठमाण्डौमा प्रर्दशनमा आएको छ । करिब एक दर्जन बढीहलहरुबाट प्रर्दशन आरम्भ गरेको टुल्केको ओपनिङ उत्साहजनक रहेको निर्माण टिमले जानकारी दिएको छ ।
काठमाण्डौंका क्युएफएक्स अन्तरर्गत सिभिल मल, कुमारी, जय नेपाल हलमा चलचित्रका लागि ७ सो छुट्याईएको छ । त्यस्तै बिग मुभिज, सिने दि सेफ, गोपीकृष्णा, अष्टनारायण, गुण सिनेमा लगायतका हलहरुमा पनि चलचित्रको प्रर्दशन भईरहेको छ । काठमाण्डौ बाहिर भने चलचित्र कार्तिक २१ गतेदेखि मात्र रिलिज हुनेछ ।
विषयवस्तु र प्रचारशैलीका कारण नेपाली दर्शकमाझ प्रतिक्षित बनेको यो चलचित्र हेर्नका लागी राजधानीको मुख्य मल्टिप्लेक्स क्युएफएक्स अन्र्तगतको सिभिल मल, जय नेपाल र कुमारी हलमा ‘टलकजंग भर्सेस टुल्के’ अग्रिम टिकट बुकिङ समेत खुल्ला गरिएका छ । ‘कतिपय शोहरुको बुकिङ्ग त शनिबारसम्मको ‘फुल’ भइसकेको छ’, निर्माता रविन्द्रसिंह बानियाँले जानकारी दिए ।
‘बिहानीको शोबाट सन्तुष्ट छौ, दोस्रो शो मा पनि अकुपेन्सी राम्रै छ, प्राय हलमा दर्शक हाउसफुल नजिक छन्’, चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँले भने ‘चलचित्रमा हामीेले देखाउन खोजेको कुरालाई दर्शकले निकै राम्रो मानेका छन, हामीलाई यसले झन खुशी दिएको छ’ ।
यता चलचित्रका निर्देशक निश्चलले टुल्केलाई लुटसंग दाजेर नहेर्न आग्रह गरेका छन् । ‘टुल्के, लुट जस्तो छैन, यसमा भिन्नै परिवेशको कथा देखाउने कोशिष गरेको छुँ’, निश्चलले भने ‘टुल्केमा आफ्नै किसिमको मज्जा छ, टुल्केमा देखाईएको नेपालीपन अनि हाम्रो आफ्नै कथालाई दर्शकले रुचाएको पाईयो’ ।
यस चलचित्रमा खगेन्द्र लामिछाने, ऋचा शर्मा, दयाहाङ्ग राई, शुसांक मैनाली, रजनी गुरुङ्ग, प्रकास घिमिरे, राज थापा लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
लप्पन छप्पन नजान्ने एक सोझो गाँउले ठिटोले आफ्नो गुमेको परिचय खोज्न गरेको संघर्षको कथालाई चलचित्रमा उठान गरिएको छ । द्वन्दको परिवेश भित्रको समाज कसरी अगाडी बढिरहेको हुन्छ त ? के कस्ता षडयन्त्रका तानाबाना बुनिन्छन् त ? भन्ने बिषय पनि चलचित्रले उठान गरेको छ ।
षटकोण आर्टस् र ब्ल्याकहर्स पिक्चर्सको संयुक्त ब्यानरमा बनेको यो चलचित्रलाई रामकुमार बनिया, रोजिना सिटौला र सिता श्रेष्ठको पनि लगानी रहेको छ ।
For More videos Log on to Mazzako TV