मज्जाको अनलाईन समाचार, बुटवल, कार्तिक १३

विद्यार्थी र अभिभावकको कथा समेटेर निर्माण भइरहेको नेपाली कथानक चलचित्र  “नफ़क्रिएका फूलहरु”  को छायांकन अन्तिम चरणमा पुगेको छ। चलचित्रको छायांकन बुटवलको विभिन्न रमणीय स्थानहरुमा भईरहेको छ ।

nafakriyeka fulharu
‘जसमा जे जस्तो प्रतिभा छ त्यसलाई त्यहि क्षेत्रमा अवसर दिईयो भने एकदिन आफ्नो सफल भबिस्य बनाउन सकिन्छ भन्ने सन्देश हामीले चलचित्र मार्फत दिन खोजेका छौ’, चलचित्रका निर्देशक बिष्णु भट्टराईले बताए । भट्टराईले यसअघि चलचित्र ‘म्य ब्रदर’ को निर्देशन गरेका छन् ।

बसन्ती थापा , बाबुराम घिमिरे ,प्रिया भण्डारी , क्षितिज पछाई ,सुरक्षा ज्ञवाली ,एस्योर्या, रोशन लगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रमा गोमा लम्साल, अर्जुन पंगेनी र मनकला पाण्डेको लगानी रहेको छ ।

दीपक श्रेष्ठको कथागीत र संगीतमा तयार भएको यस चलचित्रको करिब २५ दिनमा सम्पूर्ण काम सकिने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रमा दिपेश डी सी को छायांकन रहेको छ ।

आगामी केहि दिनमा बुटवलमा हुन लागेको गायक कमल खत्रीको म्युजिकल कन्सर्टमा चलचित्रको अन्तिम ‘क्लाईमेक्स’ सिन छायांकन गरेर शुटिंग कार्य समाप्त गर्ने निर्देशक भट्टराईले बताए ।

For More videos Log on to Mazzako TV