मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक १३– आफ्नै सहकर्मीबाट बलाकृत भएकी प्रहरी हवल्दार सुन्तली धामी माथिको सत्य घटनामा बनेका चलचित्र     ‘हवल्दार सुन्तली’ को फष्टलुक पोष्टर सार्वजनिक भएको छ ।
sorry la
छविराज प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘लज्जा’ गत शुक्रवारदेखि देशभर प्रदशर्न भइरहँदा सोही ब्यानरमा निर्माण भएको    ‘हवल्दार सुन्तली’ को फष्टलुक सार्वजनिक भएको हो । ‘लज्जा’ बाट डेब्यु नायिका शिल्पा पोखरेलको नै यस चलचित्रमा मुख्य भुमिकामा छिन् । उनीसंगै किशोर खतिवडा र सविन श्रेष्ठ पनि मुख्य भूमिकामा छन् ।

फष्टलुकमा शिल्पा एक प्रहरी हवल्दारको पोशाकमा उभिएर सलाम ठोक्दै गरेको अवस्थामा देखिएकी छिन् । सोही फष्टलुकमा शिल्पालाई सविन र किशोरसंग पनि देखाइएको छ ।

ऋषि लामिछानेले निर्देशन गरेको यो फिल्मलाई आउँदो चैत्र २७ गते प्रर्दशन गर्ने उद्देश्य सहित छविराज प्रोडक्सनले फष्टलुक पोष्टर बाहिर ल्याएको जानकारी दिएको छ ।  ‘हामीले लज्जाबाट सफलता हात पारिसक्यौ अबको ध्यान हवल्दार सुन्तली तर्फ रहेकाले आज फष्टलुक सार्वजनिक गरेका हौ ’ निर्माता छविराज ओझाले भने ।

‘हवल्दार सुन्तली’ प्रर्दशन हुने दिन विनय श्रेष्ठको फिल्म रेशम फिलिली पनि प्रर्दशन हुँदैछ ।

For More videos Log on to Mazzako TV