मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक १३– रंग पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गरेको चलचित्र ‘एउटा साथी’ को नँया गीत सार्वजनिक भएको छ । टंक बुढाथोकी र सुधा रत्नको स्वर रहेको ‘भटभटे भटभटे भटटट्’ बोलको गीत सार्वजनिक भएको हो ।
Bhatbhate
गम्भिर विष्टले कोरियोग्राफ गरेको उक्त गीतमा टंकको नै संगित रहेको छ । गीतमा कलाकारहरु सलोन बस्नेत, जोन तामाङ, अनु शाह, रिस्ता बस्नेत, शिशिर भण्डारी, सुरेन भुषाल, करिष्मा श्रेष्ठ, जरी खड्गी र नारायण पुरीलाई देखाइएको छ । गीत सुन्दै ‘क्याची’ छ । गीतको बोलजस्तै भिडियोमा ‘भटभटे’ बाट शुरु भएको रोमान्स देख्न सकिन्छ ।

रामचन्द्र खनालको निर्माण सुशिल पंगेनीको लेखन रहेको यस चलचित्रले रोमान्टिक प्रेम कथामा आधारित रहेको छ जसले यूवाहरुको विषय उठाउन खोजेको छ । यही कार्तिक १४ गतदेखि देशभर रिलिज हुन लागेको यस चलचित्र अहिले सिने नगरीमा प्रतिक्षित बनेको छ ।
Watch Here Song :-

For More videos Log on to Mazzako TV