मज्जाको अनलाईन, काठमाण्डौ, २०७१ कार्त्तिक १२, बुधवार

गत शुक्रवारदेखि प्रदर्शन भइरहेको चलचित्र ‘स्टुपिड मन’ बुधवार दिउँसो नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलादेखि लिएर पत्रकार, कलाकार, चलचित्रकर्मी र चलचित्र यूनिटले संगै बसेर  हेरे । राजधानीको कमलादिस्थित कुमारी हलमा भएको विशेष शोमा चलचित्रले वाहवाही पायो ।

stupid-mann
नेता सिटौलाले दिल खोलेर चलचित्र राम्रो लागेको प्रतिक्रिया दिए । नेपाली चलचित्रका निर्देशक नरेश पौड्यालले ‘स्टुपिड मन’ आफुले बनाउने स्टाईलको चलचित्र रहेको बताए । परम्परागत कथावस्तुलाई पनि नँयापन दिन खोजेर चलचित्र बनाएको उनले बताए ।

अर्का निर्देशक सुदर्शन थापाले आफुलाई  सुरुदेखि नै ‘स्टुपिड मन’ को साँगीतिक पक्ष मन परेको बताए । उनले भने – ‘यसको लोकेशन राम्रो लाग्यो । नव कलाकारको अभिनय राम्रो छ । जीवनजी र निरजजीको अभिनय सदाको जस्तै राम्रो छ ।’

निर्देशक ऋषि लामिछानेले पनि चलचित्रको प्रशंसा नै गरे । उनले आफुलाई चलचित्र स्क्रिप्ट, कलाकारकको काम राम्रो लागेको बताए । ‘क्यामेरा पर्सनको काम त सबैभन्दा उत्कृष्ट लाग्यो’, उनले भने ‘लोकेशन फ्रेस रहेको यो फिल्म पैसा असुल फिल्म हो ।’

निर्देशक जोयश पाण्डेको नजरमा पनि फिल्म राम्रो नै रह्यो ।  उनले भने ‘पुरै फिल्म दिक्क लाग्ने छैन, कही कतै पनि ‘जर्क’ छैन । ‘दिवाकरको कामलाई प्रशंसा गर्नै पर्छ र वँहासंगै सबैले आ–आफ्नो काममा न्याय दिनुभएको छ ।’

stupid-mann-2
नेपाली फिल्म कम हेर्ने बताउने गायक स्वरुपराज आचार्यले पनि चलचित्रको प्रतिक्रिया  राम्रै दिए । उनले भने– ‘यो फिल्मले धेरै पक्षमा ध्यान दिएको पाए । स्टोरी स्क्रिन प्ले एकदम राम्रो लाग्यो । ’

दिवाकार भट्टराई निर्देशित फिल्म ‘स्टुपिड मन’ मा जिवन लुइँटेल, चाँदनी शर्मा, निरज बराल, रिजु श्रेष्ठ र मार्टिन खानको मुख्य भूमिका छ । अभिनेता जिवन लुइँटेल भने फिल्म प्रचारका लागि मोफसल पुगेका कारण विशेष शोमा सहभागी हुन पाएनन् । अर्जुन पोखरेलको संगीत एवं पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ ।

stupid-mann-3
अभिनेता निरज बराल फिल्मका निर्माता समेत हुन् । पुरै जसो छायाँकन थाइल्यान्डमा गरिएको फिल्म ‘स्टुपिड मन’ मा नेपालबाट विदेशिएका युवा पुस्ता बिचको प्रेम अनि प्रेममा आइपर्ने बाधा अड्चनलाई महसुश गर्न सकिन्छ । सञ्चारकर्मी समेत रहेका सामिप्यराज तिमल्सिनाले फिल्म ‘स्टुपिड मन’ को पटकथा एवं संवाद लेखेका हुन् । ‘स्टुपिड मन’ हेरेर कुमारी हलबाट बाहिरिएका फिल्मकर्मी दर्शकले दिएको प्रतिक्रियालाई यहाँ प्रस्तुत गरिएको छ ।

For More videos Log on to Mazzako TV