कार्तिक १४ गते अर्थात् आउँदो शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’को मोफसल प्रदर्शन एक साता धकेलिएको छ । अब नयाँ डेट अनुसार मोफसलका पर्दाहरुमा टुल्केलाई कार्तिक २१ गतेदेखि मात्र हेर्न पाईनेछ, तर काठमाण्डौं उपत्यकाका हलहरुमा भने चलचित्र १४ गतेबाटै प्रर्दशनमा आउनेछ ।

77
‘गत साता प्रदर्शनमा आएका दुई फिल्मको व्यापार राम्रै भैरहेकाले हाम्रो फिल्मलाई एक साता पर सारेका हौं, टुल्के’का कार्यकारी निर्माता रबिन्द्रसिंह बानियाँ भन्छन्, ‘यसले हामी सबै नेपाली चलचित्र निर्माताहरुलाई कल्याण गर्छ भन्ने हाम्रो सोच हो ।’

कार्तिक ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आएका दुई फिल्महरु ‘लज्जा’ र ‘स्टुपिड मन’ ले हलमा दर्शकलाई आकर्षित गरिरहेका छन् । मोफसलका हलहरुमा यिनै चलचित्रहरको होल्डओभरका कारण पनि ‘टुल्के’ले भनेजति हल नपाएको हो ।

5

‘टलकजंग भर्सेस टुल्के’ काठमाण्डूका करिब एक दर्जन बढी पर्दामा प्रदर्शन हुनेछ । राजधानीको मुख्य मल्टिप्लेक्स क्युएफएक्स अन्र्तगतको सिभिल मल, जय नेपाल र कुमारी हलमा ‘टलकजंग भर्सेस टुल्के’ को अग्रिम टिकट बुकिङ समेत खुला गरिएको छ ।

सुपरहिट चलचित्र ‘लुट’ का निर्देशक निश्चल बस्नेतको दोश्रो निर्देशकिय फिल्म ‘टलकजंग भर्सेस टुल्के’ यतिबेला धेरैको प्रतिक्षित चलचित्र बनेको छ । चलचित्रमा खगेन्द्र लामिछाने, ऋचा शर्मा, दयाहाङ्ग राई, शुसांक मैनाली, रजनी गुरुङ्ग, प्रकास घिमिरे, राज थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

2
एक सोझो गाँउले युवकले आफ्नो गुमेको परिचय खोज्न गरेको संघर्षको कथालाई चलचित्रमा उठान गरिएको छ । षटकोण आर्टस् र ब्ल्याकहर्स पिक्चर्सको संयुक्त ब्यानरमा बनेको यो चलचित्रलाई रामकुमार बनिया, रोजिना सिटौला र सिता श्रेष्ठको पनि लगानी रहेको छ ।

For More videos Log on to Mazzako TV