हाउ फन्नी प्रहसन हङ्गकङ्गमा
फिल्म बनाउन भन्दा पनि चलाउन गारो छ । चलचित्रको पब्लिसिटी राम्रोसँग गर्न नसक्दा धेरै राम्रा चलचित्रहरुले पनि हावा खानु परेको छ । आफ्नो चलचित्रले पब्लिसिटी नै नपाएर हलबाट चाडै उत्रनु नपरोस् भन्ने कुरामा ‘हाउ फन्नी’ युनिट भने निकै चनाखो देखियो ।
मंसीर ३ गतेबाट छायांकन गर्ने भनिएको चलचित्र ‘हाउ फन्नी’ले फ्लोर ज्वाईन गर्नुभन्दा अघिदेखि नै पब्लिसिटी थालिसकेको छ । चलचित्रकी निर्देशक निलु डोल्मा शेर्पा मौका पाउनासाथ आफ्नो फिल्मको प्रचार प्रसारमा जुटीहाल्छिन । हालै हङकङमा सम्पन्न भएको ‘इन्फा फिल्म अवार्ड २०७०’ मा पनि उनले प्रचार प्रसारको मौका गुमाइनन ।
फिल्मको कथाबस्तु झल्किने किसिमको प्रहसनले आफुहरुलाई निकै फाइदा पुगेको निलु बताउछिन । ‘हामीले आफ्नो फिल्मको कथावस्तुलाई पात्र सहित प्रस्ट्यायौ र दर्शकबाट आएको प्रतिक्रियाले हामीलाई थप हौसाएको छ’, निलु भन्छिन् ‘फिल्मको जानकारी नै पात्र स्वयंले गराउदाँ दर्शकका लागि केहि नौलो समेत लागेको हुनुपर्छ’ । हलिवुड र बलिवुड शैलीमा गरिएको प्राचारात्मक गतिविधिले फिल्मलाई फाईदा पुगेको निर्देशकको ठम्याई छ ।
चलचित्र ‘हाउ फन्नी’मा प्रियंका कार्की र केकी अधिकारी जासुसुको भूमिकामा देखिदै छन् । साथै फिल्ममा निशा अधिकारी , दयाहाङ राई , अनुप विक्रम शाहीको पनि मुख्य भूमिका रहेको छ । यसै फिल्म मार्फत पुर्व मिस नेपाल माल्भिका सुब्बा पनि नेपाली फिल्मसंग जोडिन आइपुगेकी छिन । उनी यस चलचित्रकी कार्यकारी निर्माता हुन् ।