सल्लाह गर्दैछन् जिग्री, पाँडे र बले, मंसीर ५ मा हेर्न जाने श्री ५ अम्बरे
सल्लाह पनि बढो गज्जबकै छ, मंसीर ५ गते धान काट्न जाने कि अम्बरेलाई हेर्न जाने ? यसै पनि ‘श्री ५’ भनेर भनिएको छ अम्बरेलाई । खासमा कुरो के हो त ? कौतुहलता बढेको नै छ, जान्न बझ्न सबैलाई मन छ । त्यही भएर पनि जिग्री, पाँडे र बले धान काट्ने कामलाई थाती राखेरै भएपनि ‘श्री ५ अम्बरे’लाई हेर्न जाने निर्णयमा पुगे ।
चलचित्र प्रोमोसनको फरक फरक शैली अपनाईरहेको ‘श्री ५ अम्बरे’ निर्माण युनिटले टेलिभिजनका चर्चित कलाकारहरुलाई पनि प्रोमोसनमा उतारेको छ । हाँस्य टेलिश्रंखला भद्रागोलका कलाकारहरुलाई लिएर तयार पारिएको यस टिभिसीले आम दर्शकहरु माझ चलचित्रको बारेमा जानकारी पुग्ने भएकाले यसो गरिएको चलचित्रकी निर्देशक दिपा बस्नेत बताउछिन् ।
‘देशैभरी चलचित्र हेर्न जाने लहर बनोस् भनेर टिभी कलाकारहरुको सहयोग लिएका हौ’ बस्नेत भन्छिन् ‘चलचित्रको गीत र प्रोमोबाट राम्रो प्रतिक्रिया पाएका छौं, अपेक्षा छ यो प्रोमोसनल टिभीसीबाट पनि सबैको मन जित्न सफल हुन्छौ’ं । चलचित्र निर्माण युनिटले रेडियाहरुका लागि पनि विभिन्न रमाईला जिङ्गलहरु तयार पारेको छ ।
दिपा बस्नेत निर्देशित दोस्रो चलचित्र ‘श्री ५ अम्बरे’मा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, र्सिजना अधिकारी, दिवाज राई, राज गोदाईली लगायतका कलाकारहरुले अभिनय गरेका छन् । त्यस्तै चलचित्रमा चर्चित र्यापर यमबुद्धलाई पनि बिशेष भुमिकामा देख्न सकिन्छ । जीवनसाथी फिल्मस्को ब्यानरमा बनेको यस चलचित्रमा टि.एन आचार्य र दिपक आचार्यको लगानी रहेको छ ।
For More videos Log on to Mazzako TV