1

चलचित्र ‘लज्जा’का कार्यकारी निर्माता छविराव ओझाले ‘लज्जा’को सुरुवाती व्यापारलाई आक्रमक भनी व्याख्या गरे । उनका अनुसार चलचित्रले तीन दिनमा ७५ लाख रुपैयाँ माथिको ब्यापार गरेको छ । ६२ लाख लगानी रहेको चलचित्र लज्जा कार्तिक ७ गतेबाट प्रर्दशनमा आएको हो ।

5

प्रदर्शनको तीन दिनपछि निर्माता ओझाले प्रेस एवं आफ्ना निकटका फिल्मकर्मीलाई ‘लज्जा’ देखाएका छन् । फिल्मका नायक आर्यन सिग्देल र नायिका शिल्पा पोख्रेल सहित दर्जन बढी फिल्मकर्मी र सञ्चारकर्मी ग्वार्को स्थित गुण सिनेमा हलमा पुगेका थिए ।

4
नवल नेपाल निर्देशित फिल्म ‘लज्जा’ काठमाण्डू तथा काठमाण्डू बाहिरका गरी ६० बढी हलमा प्रदर्शनरत छ । लेखक समेत रहेका निर्देशक नेपालले ‘लज्जा’मा विशेषतः नारी संवेदनालाई पस्केका छन् । आर्यनका डाइहार्ट फ्यान र नारी संवेदनाको कथा रुचाउने दर्शकका लागि ‘लज्जा’ उत्कृष्ट फिल्म बनेको छ ।

2

For More videos Log on to Mazzako TV