मज्जाको अनलाईन, २०७१ अशोज २५ गते, शनिबार

‘काली’ अनि ‘हिम्मतवाली’ नायिका रेखा थापा दंग छिन् । एक त चलचित्रले राम्रो ब्यापार गरेको गर्यौ छ, अर्कोतर्फ राउटेले पनि फिल्म हेरेर रेखालाई धन्यवाद दिए । चलचित्र ‘हिम्मतवाली’ राउटेहरुलाई देखाईएको छ । सुर्खेतबाट दशै तथा तिहार खर्च लिन आएका राउटेहरुले आज ‘हिम्मतवाली’ हेरेका हुन् ।

Himmatwali Mazzakoonline 1

चलचित्र हेरेपछि उनीहरु निकै खुशी देखिए । फिल्म हेरीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाण्डौंमा प्रधानमन्त्री शुशील कोईराला र रेखा थापालाई मात्रै आफुहरले चिनेको बताए । ‘रेखा थापा फिल्ममा झै ब्यबहारमा पनि उत्तिकै राम्री हुनुहुन्छ’ राउटे मध्येका एकले यस्तो प्रतिक्रिया दिए ।

Himmatwali Mazzakoonline
राउटेहरुलाई लिएर स्वयं चलचित्रकी निर्देशक तथा नायिका रेखा र चलचित्रका मुख्य कलाकार सुर्दशन गौतम आज (शनिवार) चावहिलको गोपी कृष्ण हलमा पुगेका थिए । नायिका रेखा थापाले उनीहरुलाई तिहार मनाउनका लागि भनेर केही रकम समेत दिईन । राउटेहरुसँग बसेर चलचित्र हेर्दा आफुलाई पनि निकै रमाईलो लागेको नायिका थापाले प्रतिक्रिया दिईन । नायिका थापाले आफ्नै नाममा ‘रेखा थापा फाउन्डेसन’ खोलेर राउटे बच्चाहरुलाई पढाईरहेकी छिन् ।

Himmatwali Mazzakoonline 2
फुलपातीबाट प्रर्दशनमा आएको नायिका थापाको चलचित्र ‘हिम्मतवाली’ले दोस्रो सातामा पनि हाउसफुलको ब्यापार गरिरहेको छ । नारी प्रधान कथामा बनेको चलचित्र ‘हिम्मतवाली’मा रेखा र सुर्दशनका अलावा रविन होडा, अभय चन्द, पुष्कर भट्ट लगायतले पनि अभिनय गरेका छन् । प्रर्दशनको ११ दिनसम्म आईपुग्दा चलचित्रले २ करोड बढीको ब्यापार गरेको छ ।

For More videos Log on to Mazzako TV