Talakjung vs Tulke 2

चलचित्रको नाम हो ‘टलकजंग भर्सेस टुल्के’ । निर्देशक हुन् निश्चल बस्नेत । उनले यसअघि ‘लुट’ नामक चलचित्रबाट सबैको वाहवाही पाए । अब उनै निर्देशकको दोस्रो निर्देशकिय चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ आउने भएको छ । चलचत्रको रिलिज डेट कार्तिक १४ गते तोकिएको छ । सोही चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । आज राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजन गरि फिल्मको ट्रेलर मात्रै रिलिज गरिएन  सँगै चलचित्रका विभिन्न पक्षहरुको बारेमा  जानकारी पनि गराईयो ।

Talakjung vs Tulke 4

दर्शकहरुले आफुसँग ठुलो अपेक्षा गर्ने भएकाले गर्दा ‘लुट’ पछि ‘टलकजंग भर्सेस टुल्के’ आउन समय लागेको निर्देशक निश्चल बस्नेतले जानकारी गराए । ‘टुल्के, लुट जस्तो छैन, यसमा भिन्नै परिवेशको कथा देखाउने कोशिष गरेको छ’ु, दर्शकहरुबाट गाली खान नचाहेको बताउदै उनले भने ‘टुल्केमा आफ्नै किसिमको मज्जा छ, टुल्केमा नेपालीपन पाउनुहुनेछ, हामीले आफ्नै कथा भन्न खोजेका छौ’ ।

Talakjung vs Tulke 1

त्यस्तै चलचित्रका निर्माता रविन्द्र सिंह बानियाँले एक निर्माताको चलचित्र डुब्दा अर्को निर्माता खुशी हुने गलत परम्पराले आफुलाई निकै दुुखी बनाएको बताए । समग्र फिल्म उद्योग राम्रो भएको खण्डमा मात्रै फिल्मसँग सम्बन्धित सबैलाई राम्रो हुने बताउदै उनले भने ‘हामी हामी बीचमा सहयोगी भावना हुनु नितान्त जरुरी छ’ ।

यता चलचित्रकी नायिका ऋचा शर्मा पनि पहिलो पटक आफुले थारु महिलाको भुमिका निर्वाह गर्न पाएकोमा निकै खुशी देखिईन । ‘चलचिमा मेरो अलि कम बोल्ने भुमिका थियो तर जति बोले, लजव र शैली दुरुस्त उतार्ने कोशिष गरेकी छु’, आफ्नो भुमिकाको बारेमा नायिकाको भनाई यस्तो छ ।

Talakjung vs Tulke 3

एक सोझो गाँउले युवकले आफ्नो गुमेको परिचय खोज्न गरेको संघर्षको कथालाई चलचित्रमा उठान गरिएको छ । षटकोण आर्टस् र ब्ल्याकहर्स पिक्चर्सको संयुक्त ब्यानरमा बनेको यो चलचित्रलाई रामकुमार बनिया, रोजिना सिटौला र सिता श्रेष्ठको पनि लगानी रहेको छ । चलचित्रमा खगेन्द्र लामिछाने, ऋचा शर्मा, दयाहाङ्ग राई, शुसांक मैनाली, रजनी गुरुङ्ग, प्रकास घिमिरे, राज थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रको ‘नाचन मैयाँ नाच न’ बोलको आईटम गीतलाई यतिबेला दर्शकले निकै रुचाएका छन् । गीतमा मेनुका प्रधानले कम्मर मर्काएकी छिन् ।

टलकजंग भर्सेस टुल्केको ट्रेलर यस्तो छ ।

For More videos Log on to Mazzako TV