ajhai-pani-fashain-1

चलचित्र फागुन ११ गते मात्रै रिलिज हो, तर ‘अझै पनि’ टोलीले आफ्नो चलचित्रको प्रोमोशनल गतिविधिहरु शुरु गरिसकेको छ । यसै बीच चलचित्र ‘अझै पनि’ को टोली चलचित्र प्रचारको लागि शुक्रबार फेशन नाइट शोमा समेत पुग्यो ।

रियाज म्यूजिकसंगको सहकार्यमा नभ्यता म्यागाजिनले गरेको “नभ्यता फेसन्स नाईट आउट” मा निर्देशक सहित चलचित्रका मुख्य कलाकारहरु सहभागी भएका थिए । निर्देशक आलोक नेम्वाङ् कलाकारहरु सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त सहित निर्मात्री पुनम गौतम फेसन नाईटमा सामेल भए ।

‘हाम्रै समाजको यूवतीहरुको कथा चलचित्रले बोल्छ’, ‘त्यसैले तपाईहरु सबै चलचित्र हेर्न आउनुहुनेछ भन्ने अपेक्षा राखेका छौ ।’ निर्देशक नेम्वाङले मौकामा चौका हान्दै चलचित्रको प्रोमोसन गर्न भ्याईहाले ।

ajhai-pani-fashain-2

राजेश श्रेष्ठले खिचेको ‘अझै पनि’मा संगीत महेश खड्का, हरी लम्साल, राजनराज सिवाकोटी लगायतले दिएका छन् । सुदर्शन थापा प्रोडक्सन र पुनम इन्टरटेनमेन्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले बनाएका हुन् ।

फेशनको शोमा “अझै पनि” निर्मात्री पुनम गौतमले आफ्नै कष्ट्युम डिजाइनमा मोडललाई ¥याम्पमा उतारेकी थिइन् । पुनमले अभिनेत्री गौरी मल्ललाई पनि स्टेजमा निम्त्याएकी थिइन् । त्यस्तै टेन्जिङ याङगकाईले पनि आफ्नो समूहलाई ¥याम्पमा उतारिन् ।

‘ड्रेसहरु विभिन्न तरिकाबाट डिजाइन गरिएपनि यसलाई सबैले लाउन सक्छन् र सिम्पल हुन्छ भन्ने मेरो थीम हो’, फेशन डिजाइनर पुनमले बताइन् ।

For More videos Log on to Mazzako TV