mazzakoonline

कलाकार बाट निर्माता अनि निर्माता बाट निर्देशक बनेका मुनाल घिमिरेको चलचित्र ‘इच्छा’को डबिङ्ग सकिएको छ । चलचित्रले कच्चा नभएर सच्चा कथा बोकेको निर्माण युनिट जानकारी गराउछ । चलचित्रको रिलिज डेट माघ २ गतेलाई तोकिएको छ । फरक पुस्ताको फरक सोचाईलाई चलचित्रले सम्बोधन गर्नेछ । विवाह करकापमा होईन स्वेच्छाले हुनुपर्छ भन्ने कुरा चलचित्रले बोल्दछ ।

कमेडी लभ स्टोरी चलचित्र ‘इच्छा’को सुटिङ्ग दाङ्ग, भैरहवा, काठमाण्डौ र धुलिखेल लगायतका ठाँउहरुमा गरिएको छ । दयाहाङ्ग राई, सुवास थापा, दिपशिखा शाही, ओम प्रतिक, श्याम राई, देशभक्त खनाल, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगायत कलाकारहरुलाई चलचित्रमा हेर्न पाईनेछ ।

चलचित्रमा गम्भिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्घन्द तथा प्रकाश घिमिरेको लेखन रहेको छ । चलचित्र इच्छामा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

For More videos Log on to Mazzako TV