हलमा बिर्खे र सुनिल थापा, कसले कसलाई लगाउला पाखा ?
मज्जाको अनलाईन, २०७१ भदौ २० गते,
आज (शुक्रबार)बाट नेपाली पर्दामा कलिउडबाट १ र बलिउडबाट १ गरि जम्मा दुई फिल्म पर्दशनमा आउदैछन् । यि दुबै फिल्मलाई प्रतिक्षित मानिएको छ । यि फिल्महरु हुन ‘बिर्खेलाई चिन्छस्’ र ‘मेरी कोम’ । यि फिल्मले के बक्स अफिसमा आफुलाई हिट गराउलान त । यि संसगै बक्स अफिसमा तहल्का मच्चाईरहेको फिल्म कोहिनुर यो हप्ता सफलताका साथ पाँचौ हप्तामा पर्दशन हदैछ । ल हेर्नुस यि फिल्महरुको बारेमा संक्षिप्त प्रिभ्यु ।
बिर्खेलाई चिन्छस्
फिल्म ‘बिर्खेलाई चिन्छस’लाई अभिनेता सुवास थापाले निर्माण गरेका हुन् । फिल्म नेपालबाट रिलिज हुने यो हप्ताको एकल सिनेमा हो । कमेडी बेस फिल्ममा सुबास सगै विनिता खड्का र आयुषा राईको पनि मुख्य भुमिका रहेको छ । अराज केशब निर्देशित फिल्मको शिर्ष गित अहिले सबैको मुखमा झुण्डिन सफल भएको छ । रिलिजको पुर्वसन्ध्यामा चलचित्र युनिटले राजधानीमा पत्रकार भेटघाटको कार्यक्रम राखेको थियो । पहिलोपटक नायक सुवास थापाले चलचित्रकी नायिका तथा आफ्नी अर्धाङ्गीनि विनिता खड्कालाई पत्रकारहरु समक्ष सार्वजनिक गर्दै आफुले श्रीमतीको गहना बन्धकी राखेर चलचित्र बनाएको बताएका छन् । आफ्नो चलचित्रले राम्रो ब्यापार नगरे आफुले नै तेस्रो दिनदेखि हलबाट फिल्म उतार्ने उनले दावी गरे । चलचित्र बिर्खेलाई चिन्छस्ले राजधानीका केही हल र राजधानी बाहिर २५ वटा हल पाएको छ ।
मेरी कोम
ओमुंग कुमार निर्देशित मेरी कोमलाई संजयलिला भन्सालीले निर्माण गरेका हुन् । बलिउडको यो प्रतिक्षित फिल्ममा प्रेयंका चोप्डा, सुनिल थापा, मिनाक्क्षी कलिता, ज्याचरी कोफिन र शिशिर शर्माको अभिनय रहेको छ । फिल्म मेरी कोम मा नेपाली अभिनेता सुनिल थापाको मख्य भुमिका रहेका कारण फिल्म बलिउड भएनी फिल्मलाई नेपालमा नेपाली फिल्म सरह हेरिएको छ । फिल्मका संगितकार भने सासी सिवंम हुन । एक्सन् ड्रामा फिल्म चर्चित भारतिय बक्सर खेलाडी मेरी कोम को जिवनीमा आधारित फिल्म हो । फिल्म मेरी कोम नेपालमा ८० पर्दामा रिलिज हुने बताईएको छ् ।