लामो समयको अन्तरालपछि नेपाली रजतपटमा पुनरागमनको तयारी गरिरहेका नायक निखिल उप्रेती अन्तत ‘भैरव’ लिएर आउने भएका छन् । आफैले निर्माण र निर्देशन गर्न लागेको चलचित्र ‘भैरव’मा स्वयं निखिल नै मुख्य भुमिकामा हुनेछन् । उनलाई नायिका अनु शाहले साथ दिनेछिन् । यसअघि नायिका रेखा थापा चलचित्रमा निखिलको आपेजिटमा देखिने भन्ने हल्ला चलेपनि अन्तत रेखाले चलचित्रको एक गीतमा आईटम डान्स गर्ने पक्कापक्की भएको छ ।

Nikhil New
आफ्नो आईटम गीतले चलचित्रमा खास महत्व राख्ने भएकाले नै चलचित्रको गीतमा कम्मर मर्काउन लागेको नायिका थापाको भनाई छ । कुनै बेला एक अर्काको मुखै हेर्न नचाहने निखिल र रेखा चलचित्र ‘भैरव’मा भने सँगै स्क्रिन सेयर गर्दैछन् । निखिलले नायिका थापालाई घरैमा गएर आफ्नो चलचित्रमा काम गर्न प्रस्ताव राखेपछि पुरानो दुश्मनीलाई भुल्दै नायिका थापाले चलचित्रको लागि आईटम डान्स गर्न राजी भएकी हुन् ।

Rekha Thapa
चलचित्र ‘भैरव’मा नेपाल र भारतको सिमावर्ती इलाकाको कथालाई प्रस्तुत गरिनेछ । सिमावर्ती क्षेत्रको तस्करी र प्रहरीको कथा चलचित्रमा हेर्न पाईनेछ । चलचित्रको प्राय सुटिङ्ग नायक निखिलको गृहजिल्ला सर्लाहीमा गरिनेछ ।

चलचित्र भैरवको सुटिङ्ग यसै साताबाट शुरु हुनेछ । चलचित्रका नायक नायिका बाहेक अन्य कलाकारहरु भने अहिल्यै फिक्स भईसकेका छैनन् । सुरेश अधिकारीको संगीत रहने चलचित्र ‘भैरव’मा हिमाल केसीको द्वन्द निर्देशन रहनेछ । चलचित्रलाई कृष्ण थापाले खिच्नेछन् ।

For More videos Log on to Mazzako TV