फ्राईडे रिलिजमा यो हप्ता नेपाली पर्दामा कलिउडका २ वटा र बलिउडको एउटा फिल्म रिलिजभएको छ । नेपालीमा ‘उत्सव’ र ‘यो कथा हो तिम्रो मेरो’ हिन्दीमा ‘राजा नटवरलाल’ रिलिज भएका हुन । ‘यो कथा हो तिम्रो मेरो’ बिहिबार देखी नै केहि स्टेसनमा रिलिज भैसकेको छ ।

Utsab Poster

उत्सव – उत्सव यो बर्ष रिलिज भएको ३१ औ फिल्म हो । स्क्रिप्ट राईटर कुमार भट्टराईको डेव्यु निर्देशन रहेको फिल्म उत्सवलाई शेखर कोईरालाले निर्माण गरेका हुन् । फिल्ममा सौगात मल्ल, गौरव पहारी, प्रकृती श्रेष्ठ, मेनुका प्रधान र संजोक कोईरालाको मुख्य भूमिकारहेको छ । २ घण्टा लामो लभस्टोरी फिल्मले फ्रेन्डसिपको कथा भन्छ । फिल्म लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्ममा सुरेश राई र सनुप पौडेलको संगीत सुन्न सकिनेछ ।

yo kaatha ho timro mero

यो कथा हो तिम्रो मेरो – पारिवारिक रोमान्टिक फिल्म ‘यो कथा हो तिम्रो मेरो’ लाई ओम प्रतिकले निर्देशन गरेका हुन् । फिल्ममा सुमन सिंह, रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती, रुपा राना, विमला गिरी, ओम प्रतिकको मुख्य भूमिका छ । द फ्रेम क्रियशन प्रा लीको व्यानरमा निर्माण भएको यो फिल्मले प्रेममा हुने त्याग, समर्पण र बलिदानीको कथालाई प्रस्तुत गर्नेछ । फिल्मलाई राम वुढाथोकी, अनिल हेक्का र रमेश प्रजापतीको संयुक्त रुपमा निर्माण गरेका हुन । ‘यो कथा हो तिम्रो मेरो’ बिहिबार नै पोखरा र नाराएणगढमा रिलिज भैसकेको छ ।

Natwarlal Poster

राजा नटवरलाल – फिल्म ‘राजा नटवरलाल’ अल इन्डिया सहित नेपाल रिलिज भएको छ । थ्रीलर, सोसल ड्रामाको फिल्मलाई कुनाल देशमुखले निर्देशन गरेका हुन । फिल्ममा लामो समय पश्चात हट अभिनेताको छवी बनाएका इमरान हास्मीलाई देख्न सकिन्छ । सिद्यार्थरोय कपुरले निर्माण गरेको फिल्ममा इमरानको अलवा हुमैमा मल्लिक र परेश रावलकोमुख्य अभिनय रहेको छ । फिल्ममा संगीत युभन शंकर राजाले दिएका छन् ।

For More videos Log on to Mazzako TV