मज्जाको अनलाईन, २०७१ भदौ १० गते, मंगलबार

IMG_1094

हाँस्यकलाकार निर्मल शर्मा ‘गैडा’ पहिलो पटक चलचित्र निर्देशनमा उत्रिएका छन् । उनले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘चकलेट’ हो । अभिनेत्री पूजना स्त्रीको लगानी रहने चलचित्र ‘चकलेट’को मंगलबार राजधानीमा चलचित्र निर्माणको औपचारिक घोषणा गरियो । चकलेट बाडेरै गरिएको पत्रकार सम्मेलनमा बताईए अनुसार चलचित्र भदौ १३ गतेबाट फ्लोरमा जानेछ ।

IMG_1154

चलचित्र ‘चकलेट’ सडक बालवालिकाको कथामा आधारित रहनेछ । चलचित्रको कथा स्वयं चलचित्रकी निमात्री तथा नायिका पुजना स्स्त्रीले लेखेकी हुन् । बच्चाहरुसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउदै नायिका स्त्रीले भनिन्, ‘सडक बालबालिकाहरुको बिषयमा बन्न लागेको यस चलचित्रले सम्बन्धित सरोकारवालाहरुलाई पक्कै पनि घच्घच्याउने छ’ । दुई बर्ष लगाएर चलचित्रको स्क्रिप्ट लेखिएको लेखिएको यस फिल्मको सुटिङ्ग अघि एक महिने वर्कसप पनि गरेको थियो ।

IMG_1198

चलचित्र निर्माणको औपचारिक घोषणा कार्यक्रममा वि सं २०३९ सालदेखि कलाकारितामा सक्रिय कमल मैनालीलाई दोसल्ला ओढाएर सम्मान पनि गरियो । उनी चलचित्र ‘चकलेट’मा सह निर्देशकको भुमिका समेत निर्वाह गर्दैछन् । सिन एन हिरो २०१० तथा माईती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईराला, हाँस्यकलाकार दिपाश्री निरौला, दिपकराज गिरीले संयुक्त रुपमा दोसल्ला सहित सम्मान पत्र हस्तान्तरण गरेर मैनालीलाई सम्मान गरे । कार्यक्रममा उपस्थित अतिथिहरुले चलचित्र चकलेटलाई सफल्ताको शभकामना समेत दिए ।

IMG_1182

चलचित्र ‘चकलेट’मा निमात्री पुजना स्त्री सहित आयुष्मान घिमिरे, अनुज शाक्य, केशव भट्टराई, नम्रता झा, सुमन गैरे लगायत केही बालबालिकाहरुले पनि अभिनय गर्नेछन् । ‘निर्माताको लगानी सुरक्षित गर्ने किसिमले चलचित्र बनाउनेछु’ निर्देशक निर्मल शर्मा गैडांले भने, ‘खुशीको कुरा के छ भने चलचित्र निर्माण हुनु अघि नै अन्तराष्ट्रिय बजारबाट चलचित्रको लगभग लगानी सुरक्षित भईसकेको छ’ ।

IMG_1142

सांगितिक माहोल बीच सम्पन्न पत्रकार सम्मेलनको शुरुवातमै गायिका मिलन अमात्य र गायक विश्व नेपालीले गीत गाएर सबैको स्वागत गरे । चलचित्र चकलेटमा अर्जुन पोख्रेल, शिखर सन्तोस र रायन कार्कीको संगीत रहेको छ ।

For More videos Log on to Mazzako TV