बाड्यो लाभांश ‘६ एकान ६’ ले, वडा नम्बर ६ निर्देशन गर्लान् कल्ले ?
६ जना हाँस्य कलाकारहरुले नायक भएर अभिनय गरेको चलचित्र ‘६ एकान ६’ ले लाभांश बाढेको छ । चलचित्रसँग सम्बन्धित सम्पुर्ण कलाकारहरु, प्राविधिकहरु तथा सहयोगीहरुलाई आईतबार साँझ सक्सेश पार्टी आयोजना गरि लाभांश बाडिएको हो । चलचित्र युनिटले स्वं. शिव रेग्मीको परिवारलाई ५१ हजार, चलचित्र पत्रकार संघलाई रु १५ हजार र सुनकोशी बाढी पिडितहरुको लागि रु २५ हजार सहयोग गर्ने घोषणा पनि गरियो ।
८ महिना अघि अर्थात गत बर्षको पौष २७ गतेदेखि प्रर्दशनमा आएको चलचित्र ‘६ एकान ६’ युनिटले रात्री भोज सहित आयोजना गरिएको कार्यक्रममा नयाँ चलचित्र ‘वडा नम्बर ६’ निर्माणको औपचारिक घोषणा पनि गरियो । ‘स्पटब्वाई देखि निर्देशक सम्म सबैको मेहनतले गर्दा नै हाम्रो चलचित्र ब्लकबष्टर हिट भएको हो, त्यसैले चलचित्रसँग सम्बन्धित सबैलाई कुनै र कुनै रुपमा सम्मान गर्ने उदेश्यले हामीले लाभांश बाडेका हौं’, चलचित्र ६ एकान ६ निर्माता दिपकराज गिरीले भने, ‘अब यही साथ र सहयोगको अपेक्षा सहित वडा नम्बर ६ ले पनि हाम्रा दर्शकको मन जित्नेछ भन्ने विश्वास लिएका छौं’ ।
सम्बोधनको क्रममा दिपकले चलचित्रका अन्य दुई निर्माता दिपाश्री निरौला र निर्मल शर्मालाई आफ्ना दुई हात भन्न समेत भ्याए । अब बन्ने चलचित्र ‘वडा नम्बर ६’ मा पनि पुरानै टिम दोहोरिने संकेत पनि दिपकले गरेका छन् । चलचित्रको निर्देशन कस्ले गर्नेछन भन्ने विषयमा भने दिपकले अहिले फिक्स भईनसकेको जानकारी गराए । चलचित्र ‘६ एकान ६’ ले देश तथा विदेशबाट ७० लाख मुनाफा कमाएको जानकारी गराईएको छ । चलचित्रको सफल्ताको खुशी साटिईरहदा ‘वडा नम्बर ६’ का लागि भन्दै वितरक गोपाल कायस्थले एडभान्स स्वरुप रु एक लाखको चेक निर्माता गिरीलाई हस्तान्तरण समेत गरे ।
चलचित्रको सक्सेस पार्टीमा चलचित्रका ६ जानै नायक तथा प्राविधिकहरु उपस्थित भएपनि निर्देशक दिनेश डिसी र नायिका नीता ढुंगाना भने उपस्थित थिएनन् । चलचित्रको निर्माण युनिटसँग निर्देशकको खटपटी भएकोले निर्देशक कार्यक्रममा उपस्थित नभएको भन्ने गाइगाई गुईगुई हल्ला सुनिएपनि आफु पोखरामा भएकाले कार्यक्रममा आउन नसकेको निर्देशक डिसीले प्रतिक्रिया दिएका छन् । यता, नायिका ढुंगानाले भने आफु बिरामी परेकाले कार्यक्रममा आउन नसकेको बताएकी छिन् ।
For More videos Log on to Mazzako TV