उसो त हाँस्यकलाकार दिपाश्री निरौलाको जन्मदिन भोलि शनिवार हो, तर उनले जन्मदिनको बर्थ डे केक भने आजै काटिन्, त्यो पनि उनका सहयात्री साथी दिपकराज गिरी बिना नै । प्रत्येक बर्ष रेडियो अडियोले दिपाको जन्मदिनकै दिन केक काट्ने गरेपनि यसपाली भने एक दिन अघि नै रेडियोको टोलीले केक काटेको छ । आज राती ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुने फर्सी नेटवर्कले उत्पादन गरेको कार्यक्रम ‘परिको सरी’को सेटमा दिपाको जन्मदिन बिषेश केक काटिएको हो । राती ८ बजेदेखि दिपासँगको रमाईलो कुराकानी ‘परिको सरी’मा हेर्न पाईनेछ ।

Deepashree Mazzakoonline 6

जन्मदिन भोली तर आजै केक काट्न पाउदाँ उनी खुशी देखिईन । ‘केक खान बाट दिपक छुट्यो’ ठ्ट्यौली गर्दै उनले भनिन् ‘अलिकति केक पेपरमा र्याप गरेर दिपकलाई पनि लगिदिउकी ?’

आफुलाई प्रत्येक बर्ष जन्मदिन मनाउन पाउदाँ निकै खुशी लाग्ने उनले प्रतिक्रिया दिईन । निकै उत्साहित हुनै उनले भनिन् ‘आज एउटा केक काटियो भोली अरु चारवटा केक काट्ने कार्यक्रम रहेको छ’ । भोली जन्मदिनको दिन विहानै उठेर पशुपति नाथको दर्शन गर्न जाने, त्यसपछि बिराटनगरमा बाबालाई फोन गर्ने, आर्शिवाद लिने, साथीहरुको सन्देशरुको रिप्लाई गर्ने, अनि गाईजात्रे कार्यक्रममा सहभागी हुने उनको योजना छ ।

Deepashree mazzakoonline 1

आज दिपकराज बिना नै केक काटे पनि भोली भने उनी दिनभर दिपकराज गिरीसँगै हुनेछिन् । ‘भृकुटीमण्डपमा गाईजात्राको तीन सो छ, त्यसपछि बीचमा उपासना महिला सहकारीले गर्ने तीज कार्यक्रमको लागि सितापाईला पनि जानु छ’, दिपाले भोलीको ब्यस्तता सुनाउदै भनिन् ‘मेरो मिल्ने साथी दिपक भोली दिनभरी नै मेरो साथमा हुनेछ’ । दिपकराज गिरीसँग को सहकार्यले आज यो स्थानसम्म आईपुगेको बताउदै उनले दिपकलाई आफ्नो ‘मनको सबैभन्दा नजिकको साथी’ भन्न पनि भ्याईन ।

Deepashree Mazzakoonline 4
दिपक साथमा हुदा आफ्नो जन्मदिन स्पेशल हुने पनि उनले बताईन । दिपक र दिपाको सहकार्य निकै लामो छ । उनीहरु मिलेर खेलेको ‘दिदि’ (दिपक दिपा) नामक संस्थाको माध्यमबाट सात जना केटाकेटीलाई पढाईरहेका पनि छन् । दिपक दिपाको संस्थाको लागि भनेर महिला दिदी बहिनीहरुको सहकारी उपासना महिला तीज बिषेश कार्यक्रममा  एउटा केक काट्ने कार्यक्रम राखेको छ ।

Deepashree Mazzakoonline 7
त्यस्तै, गाईजात्राको एउटा सोमा कलाकारहरुको तर्फबाट, अर्को सो मा आयोजकको तफबाट अनि साँझमा घरपरिवारसँग केक काटिने दिपाले जानकारी गराएकी छिन् । ‘पहिलो पटक चारवटा बर्थ डे केक काट्दैछु, एकदमै एक्साईटेड भईरहेकी छु’ दिपाले भनिन् । यसपाली कतिऔं जन्मदिन मनाउदै हुनुहुन्छ त ? भन्ने प्रश्नमा उनको जवाफ पनि गज्जबको नै थियो, ‘दिपाश्रीमा छ दम, पुगें ४० मा एक कम, मिलाएर आफै बुझ्नुहोला’ ।

For More videos Log on to Mazzako TV