मज्जाको अनलाईन, २०७१ भदौ ५ गते

Rekha Thapa Birthday

‘हिम्मतवाली’ नायिका रेखा थापाको आज जन्मदिन हो । आजबाट उनी ३१ बर्षमा प्रवेश गरेकी छिन् । नायिका थापाले आज आफ्नो जन्मदिन उल्लासका साथमा नमनाउने जानकारी गराएकी छिन् । आज श्रीकृष्ण श्रेष्ठको १३ औं दिनका पुण्य तिथि हो, त्यही भएर पनि नायक श्री प्रति श्रदाञ्जली ब्यक्त गर्दै रेखाले आफ्नो जन्मदिनको विषेश कार्यक्रमहरु स्थगित गरेकी छिन् ।

यसपटक नायिका थापाले चलचित्र ‘हिम्मतवाली’लाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु गर्ने योजना बनाएकी थिईन । तर, अचानक चलचित्र क्षेत्रका हस्ती नायक श्रीको दुखद निधनको कारण सिने नगरी नै शोकमा डुबेको बेला आफुलाई जन्मदिनमा विषेश कार्यक्रमहरु गर्न मन नलागेको उनले बताईन ।

‘जन्मदिनमा दर्शकको माया र शुभेच्छा भए मलाई पुग्छ’, नायिका थापाले भनिन् ‘आज केक काट्ने मुड छैन, घरमै पुजाअजा हुन्छ तर जन्मदिनको लागि भनेर बनाईएको बिषेश कार्यक्रम केही दिन पछि सरेको छ ।’

Rekha thapa new one

चलचित्र ‘हिरो’ मार्फत नेपाली रजतपटमा नायिकाको रुपमा डेब्यु गरेकी रेखाले पछिल्लो चलचित्र ‘हिम्मतवाली’ मार्फत आफुलाई निर्देशकको रुपमा समेत उभ्याएकी छिन् । चर्चा र विवादमा रहन रुचाउने नायिका थापा १० बर्षदेखि नेपाली चलचित्र उद्योगमा एकछत्र राज गर्न सफल भईरहेकी छिन् । उनले अभिनय गरेका अधिकांश चलचित्रहरु ब्यापारिक रुपमा सफल छन् ।

नायिका रेखाले स्वं. नायक श्रीकृष्ण सँग पनि धेरै चलचित्रहरुमा काम गरेकी छिन् । को आफ्नो को विरानो, अजम्बरी नाता, हामी तीन भाई, हाम्रो माया जुनी जुनीलाई लगायतका चलचित्रहरुमा श्री र रेखाले सँगै काम गरेका थिए । यता, १३औ पुण्य तिथिमा आज फिल्मकर्मीहरुले नायक श्रीलाई सम्झदैछन् । आज दिउसो १२.३० देखि साँझ ६ बजेसम्म नयाँ बजार स्थित नयाँ बजार पार्टी भेन्युमा श्रद्वाञ्जली सभा हुदैछ ।

For More videos Log on to Mazzako TV