‘ताण्डव जोडी’….नम्रता श्रेष्ठ र र्यापर आशिष राना ‘लाहुरे’ बीचको प्रेम प्रसंगको हल्लाले केही समय अघि नेपाली सिने बजार निकै तात्यो । तर, यो जोडीले आफुहरुबीच  साथीको भन्दा बढी माया प्रेम नरहेको बताएका छन् । शुक्रबार रिलिज फिल्म ‘ताण्डव’ को अनौपचारिक प्रेस भेटघाटमा नम्रता  र लाउरेले मिडियामा सार्वजनिक भएको प्रेमको खबरलाई खण्डन गरे ।

Namrata Stha 2
‘लाउरे र म बिच प्रेम रहेको भन्ने हल्ला कसरी आयो म आफैं अचम्ममा छु, सायद मिडियालाई समाचार चाहिएको थियो त्यही भएर गसिप बनाएर लेख्नु भयो’, लाउरेसँगको सम्बन्धबारे नम्रताले भनिन्, ‘फिल्मको प्रचार प्रचारलाई फाईदा पुगोस् भनेर पनि यस्तो गरिएको होला ।’ त्यस्तै उनका प्रेमी भनि हल्ला फिजाईएका र्यापर लाहुरेले थपे, ‘नम्रतासँग मेरो त्यस्तो केही पनि छैन । मेरो घर नै पोखरा हो । नम्रता सुटिङको लागि पोखरा गएको बेला लोकेशन देखाउन सहयोग मात्रै गरेको हुँ ।’

Namrata Stha 1

नम्रता र लाउरे समुहमा बसेको फोटो पोखराबाट बाहिरिएपछि उनीहरु डेट गइरहेको भन्ने अनुमान धेरैले लगाएका थिए । उनीहरुले एक अर्काप्रति गर्ने ब्यवहारले पनि उनीहरु प्रेममा रहेको भन्ने झल्को दिने गरेको थियो । चलचित्रका नायक बन्न भ्याएका लाउरे हाँसी हाँसी प्रष्ट पारे, ‘हामी प्रेम जोडी होइनौं ।’ त्यस्तै, लाहुरे नयाँ कलाकार भएकाले सुटिङमा ‘को–अपरेट’ मात्रै गरेको नायिका श्रेष्ठको भनाई छ ।

 मोहन डोटेल निर्मित चलचित्र ‘ताण्डव’मा यो जोडी मुख्य भुमिकामा छ । आगामी शुक्रबारबाट प्रर्दशनमा आउन लागेको चलचित्र ताण्डवलाई विदेशी निर्देशक मुर्रे केरले निर्देशन गरेका हुन् । चलचित्रमा नायिका यौनकर्मी महिलाको भुमिकामा प्रस्तुत भएकी छिन् । चलचित्रको उनको भुमिकालाई लिएर उनलाई यतिबेला सिने नगरीमा ‘एक्सन लेडी’ पनि भन्न थालिएको छ ।

For More videos Log on to Mazzako TV